☰ open Loading... 23 November 2024|  

सहमति पत्रमा हस्ताक्षर
  | ११ कार्तिक २०७३, बिहीबार ०७:३३

शैक्षिक गतिविधिहरु सञ्चालन गर्न मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत र भारतको हरियाणामा रहेको ओपी जिन्डाल ग्लोबल विश्वविद्यालय विच सहमति भएको छ । भारत भ्रमणमा रहेको विश्वविद्यालयको टोलीले शैक्षिक गतिविधिहरु बढाउने उदेश्यले सहमति पत्रमा हस्तार गरेका हुन् ।

hariyana

विद्यार्थी आदानप्रदान, फ्याकल्टी आदानप्रदान, बिशेषज्ञ आदानप्रदान, संयुक्त अनुसन्धान कार्य, परियोजना कार्य, क्षमता विकास सम्बन्धी तालिम, सेमिनार, सम्मेलन आदिको आयोजना गर्ने गरी समझदारी पत्रमा दुई विश्वविद्यालयका उपकुलपति स्तरमा द्विपक्षीय आपसी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारी पत्रमा ओपी जिन्डाल ग्लोबल विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. एस. आर मुर्ति र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्रकुमार मल्लको समेत हस्ताक्षर रहेको छ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका उपकुलपति प्रा.डा. उपेन्द्र कुमार कोइराला, रजिष्ट्रार डा. महेन्द्र कुमार मल्ल, सचिवालय सदस्य यदु प्रसाद ज्ञवाली र उपकुलपतिका स्वकीय सचिव दिलिप भट्टराई भारतमा रहेका विश्वविद्यालयहरूसँग समझदारी पत्रमा हस्ताक्षर गर्न भारत भ्रमणमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयले जनाएको छ ।