भनिन्छ ‘राजनीतिमा आरोप प्रत्यारोप सामान्य मानिन्छ ।’ त्यसरी लगाईएको आरोप सत्य तथ्य प्रमाण भए उनीहरुको सिङ्गो राजनीति धरातललाई ध्वास्त बनाउन गर्दछ । त्यसैले चुनावी अभियानमा बोलिएका अधिकांश कुराहरु कुनै ठोस प्रमाण भेटिदैनन् ।
अन्ततः चुनावसँगै ती आरोप÷प्रत्यारोप समाप्त हुने गर्दछन । विश्वको शक्तिशालिक मुलक अमेरिकामा सन् २०१६ को नोभेम्वर ८ तारिखमा ४६ औं राष्ट्रपतिको लागि चुनाव हुदैं छ । जसमा डेमोक्रेटिक पार्टीका तर्फबाट हिलारी क्लिन्टन र रिपब्लिकन पार्टीबाट डोनाल ट्रम्प राष्ट्रपतिको लागि चुनावि मैदानमा छ ।
चुनावी मैदासँगै उनीहरु निकटमहरुले लगाईरहेको ब्यक्ति गत लाम्छना चरम उत्कर्षमा पुगेको छ । जसले गर्दा भविषमा अन्य देशहरुमा हुने चुनाव अमेरिका देशबाट पाठ सिक्ने अवसर पनि पाएका छन । चुवान भनेको यस्तो चीज हो ।
जसले गोट्टी चाल्न जानेको छ, त्यसैले वाजी मार्ने गर्दछ । प्रतिस्पर्धामा एउटाको जीत र एउटाको हार अवश्य हुने गर्दछ । चुनावमा जीत हार हुनु स्वभाविक नै हो, भनेर जसले सहजै स्वीकार गर्छ त्यसैलाई बुद्धिमानी मानिन्छ ।
अहिले विश्वको दृष्टि अमेरिकाको राष्ट्रपतिको चुनावमा केद्रीत भएको छ । जसको विजयले विश्वमा एउटा तरङ्ग ल्याईदिने छ । त्यो तङ्गबाट निष्किएको कम्पनले विश्वमा ठूलै उथल÷पुथल ल्याउने निश्चित नै छ । कि न कि अमेरिकाको प्रभाव विश्वमाझ प्रभाव पर्ने गर्दछ ।
शाक्ति राष्ट्र अध्यक्षको कुर्सीमा आसिन हुने ब्यक्तिले आफ्नो जिम्मेवारी पूर्ण गर्ने हो, भने इतिहासमै सम्झन लाएक हुने छ भने जिम्मेवारीलाई पूरा गर्न नसकेपछि इतिहासमा कालो धब्बा लाग्ने छ । राजनीतिक यास्तो चीज हो, जो कोही सफल हुन सक्दैंनन् । हाम्रो जस्तो अल्पविकसित, शिक्षाको धोरै पहुँच भएको देश अमेरिका हैन ।
त्यहा अर्थाह विद्धान÷विज्ञहरु बस्ने देश हो । अमेरिकामा आफ्नो देशको लागिमात्र कानून÷प्रविधिको विकास हुदैंन । विश्वलाई अंकुश लगाउने कानून र अच्चमित बनाउने रहस्यमय प्रविधिको विकास हुने गर्दछ ।
त्यसैले अमेरिकी नागरिकहरुले कुन उम्मेद्धार ठिक, कुन उम्मेद्धार वेठिक भनेर नजिकबाट नियालि रहेका छन । ब्यक्तिगत खानतलासी समेत गरिरहेको हुन्छन । अमेरिकी आमसञ्चार माध्यमले पनि खुलेआम उनीहरुको ब्यक्तिगत जीवनदेखि भावी भविष्यलाई ख्याल गरि यो पक्षलार्ई मतदान गर्न अमेरिकी नागरिकहरुलाई आग्रह गरिरहेका छन ।
हाम्रो देशमा कुनै पनि पार्टीको उम्मेद्धारलाई जीताउन सञ्चारमाध्यम लगेपछि मिडिया पार्टीको अन्दभक्त हुने गर्दछन । यो स्वतन्त्रता भएन भन्दैं आमसञ्चार नीति नियमले बाधिने गरिन्छ । तर अमेरिकामा रहेका सञ्चार माध्यममा यस्तो हुदैंन । ती सञ्चार माध्यमहरु उम्मेद्धारको राम्रा÷नाराम्रा कुराहरुलाई केलाएर चुनावी प्रचार÷प्रसारमा लागेका हुन्छन ।
कूटनीतिक, राजनीतिक अनुभवमा पाखा भएको उम्मेदार राष्ट्रअध्यको पदमा आसिन हुन पुग्नु त्यो देशको सवैभन्दा गौरवको विषय हो । भनिन्छ ‘वेद पढ्ेर हुदैं लवेद पढ्नु पर्दछ ।’ जस्ले लवेद पढेको छ, ऊ जहाँ गएर पनि पछि पर्दैन ।
त्यस्तो ब्यक्ति राष्ट्रको अभिभावक बन्नालाई योग्य हुन्छ । जसको उद्यले विश्वलाई राम्रो पाठ सिक्ने मौका पाउने गर्दछ । यहाँ चर्चा अमेरिकामा हुन लागको राष्ट्रपतिको चुनावको विषय हो । अहिले दुवै पक्ष चुनावी प्रचार÷प्रसारमा अस्वस्थ प्रतिस्पर्धामा छन । जसबाट उत्पन्न सम्भावित खतराले विश्वलाई चिन्तित र चासोको विषय बनाएको छ ।
राष्ट्रपतिको लागि उम्मेदारी उठेकी हिलारीले अमेरिकको राष्ट्रिय सुरक्षा नीति, आप्रवासीहरुको लागि कानुनमा सुधार, सामाजिक सुरक्षा, विश्वमा देखा परेको जलवायु परिवर्तन, महिलाहरुको सम्मान अधिकार र अवसर, विश्व बजारमा गिरावट आउने अमेरिकी मन्द्री र त्यसको सुधार लगाएकका विषयहरुलाई चुनावी मुद्दा बनाएरुर अघि बढ्ेकी छन, भने राष्ट्रपतिको लागि उम्मेदारी बनको ट्रम्पले अमेरिकालाई सधैभरी शक्तिशाली बनाई आफ्नो अधिपत्व विश्वमाझ जमाउने, बढ्दैं गएको आप्रवासी समस्या समाधानतिर लाग्ने, रोजगारीलाई उच्च प्रथमिकता दिने र मुसलमानबाट देश असुरक्षित भएकाले सीमामा पर्खाल लगाई जातीयताको मुद्दालाई चुनावी मुद्दा बनाएर अघि बढ्ेका छन ।
यसरी हेर्दा उनीहरुले उठाएका चुनावी मुद्दा अमेरिका लागएत विश्वमाझ कति राम्रा छन, कति नराम्रा छन भन्ने विषयहरुको विश्लेषण गर्नु अतिआवश्यक छ । किन की उनीहरुले उठाएका चुनावी मुद्दा कतिपय यस्ता छन, यसले अमेरिकालाई मात्र नभएर विश्वलाई ठूलो असर पुग्ने छ । ‘निष्पक्ष कलम चलाउनु पत्रकारको धर्म हो ।’
यहि धर्ममा टेकेर मैले यो पंक्ति लेख्नै पर्दछ । ट्रम्प भन्दा हिलारी राजनीतिमा पाकी उम्मेदार हुन । उनीलाई विभिन्न समयमा राष्ट्रको ओहदामा रहेरक काम गर्ने अवसर पाएकी एउटा महिला हुन ।
ट्रम्प एउटा ब्पापारिक पृष्ठिभूमिका राजनीतिमा आउन चाहेका उम्मेदार हुन । उनीसँग देश राजनीतिमा गविलो अनुभव छैन । विभिन्न समयमा ट्रम्प जातीयताको रङ्गवेदमा सवैभन्दा धेरै विवादमा तानिएका उम्मेदार हुन । हिलारीलाई जिताउन वर्तमान राष्ट्रपति ओबामा लागेका छन भने ट्रम्पलाई जिताउन पूर्व राष्ट्रपति खुलेर लागेका छन ।
कतिपयले अहिलेको अमेरिकाको राष्ट्रपतिको चुनाव जातीयता सद्भावको रुपमा पनि लिएका छन । कसलाई जिताएपनि हामी कति सुरक्षित वा असुरक्षित छौं भन्नेमा एकिन हुन सकेका छैनन् ।
सवैभन्दा ठूलो अहिले काला जाति र गोरा जातिविच ठूलै खाण्डल रहदैं आएको छ । विश्वलाई ज्ञान गुनका कुरा सिकाउने र आफ्नो अधिपत्यता जमाई राखेको अमेरिकाले अहिलेसम्म महिलालाई राष्ट्रअध्यक्षको पदमा आसिन गराउन सकेको छैन । यो एउटा विश्वमाझ लज्जासमत कुरा हो ।
यस अघि केही राष्ट्रपतिको पालामा अमेरिकामा युद्धसँगै अराजकता बढेको थियो । त्यो वेलमा देशले ठूलो आर्थिक मन्दीमा गुज्रियो । अमेरिका आन्तरिक र बाह्य दुवै नराम्रो असर परेको थियो ।
अव नयाँ राष्ट्रपतिको पदमा पुग्ने जो कोही भएपनि अमेरिकाको लागि त्यो कालो दाग लाग्ने विषय कहिल्यै नभईदिए हुन्थ्यो भन्ने आम अमेरिकी नागरिकहरुको चाहाना रहेको छ । कलम जीवीले कसैको गुनगान गाएर पाउँनु पर्ने केही छैन । तर राज्यको चौथो अङ्ग भएकाले पानीलाई पानी र दूधलाई दूध भनेर छुट्टाउन सक्नु पर्दछ ।
‘सत्य तितो हुन्छ तर त्यसले देशलाई वदल्नको लागि महत्वपूर्ण भूमिका हुन्छ ।’ जुन वेला सत्य भन्दा शक्ति ठुलो मानिन्छ, त्यस वेला सत्य गौण भई शक्ति बलवान हुन्छ । अन्तत सत्यको जीत र शक्तिको हार हुन्छ ।
शक्तिको आडमा योग्य र क्षमता भएको ब्यक्तिलाई पछाडि पारियो भने कालान्तरमा देशको अतित्व नै समाप्त गरिदिने गर्दछ । जसलको प्रत्यक्ष साँक्षी सिक्किम भारतमा विलय हो ।
त्यसैले अमेरिकामा आसन्न हुन लागेको राष्ट्रपति चुनावले यस्तो योग्य, कुशल र क्षमता भएको ब्यक्तिलाई राष्ट्र अध्यक्षको कुर्सीचा आसिन गराउन सकोस् ! जसको उद्यले सधै विश्वले सम्झि रहने छ ।