☰ open Loading... 2 May 2024|  

आज भाईटिका उत्तम साईत ११ वजेर ५२ मिनेटमा
  | १६ कार्तिक २०७३, मंगलवार ०९:४७

आज यमपञ्चकको अन्तिम दिन हिन्दुहरुले परम्पराअनुसार दिदिबहिनीबाट दाजुभाईको दीर्घायु, सुख तथा समृद्धिको कामनाका साथ भाईटिकाको साईत बिहान ११ बजेर ५२ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितीले जनाएको छ ।

दिदिबहिनीहरुले आफ्ना दाजुभाईलाई टिका लगाईदिदा धार्मिक बिधि अनुसार मण्डप बनाई अष्टचिरञ्जीवीका साथै यमराज र यमुनाको पुजा गरी कहिल्यै नसुक्ने तेलको घेरा हाली नओईलाउने मखमली, सयपत्री र दुवोको माला लगाईदिएर चिरायुको कामना गर्ने गर्दछन् ।
पौराणीक मान्यता अनुसार यमुनाले आफ्ना दाजु यमराजलाई यस दिन विशेष सम्मान पुर्बक पुजाआजा सहित भाईटिका लगाएको सम्झनामा यो परम्पराको सुरुवात भएको मानिन्छ ।

टिकामा साईतका प्रतिक सात वा पाँच रङ प्रयोग गरिनाका साथै दाजुभाईलाई सगुन, मिठाई, फलफुल, ओखर, कटुस, सेलरोटी तथा मसला खुवाउने चलन छ ।image0071