| १९ कार्तिक २०७३, शुक्रबार ११:२८

छिन्चु–जाजरकोट सडक खण्डको रामघाट स्थित राताचौरमा मोटरसाईलक दुर्घटना हुँदा दुई जना घाईते भएका छन् । छिन्चुबाट सल्लिबजारतर्फ जाँदै गरेको ना ६ ख २७५७ नम्बरको बसमा छिन्चुतर्फ आइरहेको भे ३ प ९८६४ नम्बरको मोटरसाईकल ठोक्किदा दुई जना घाईते भएका हुन् ।
घाईते हुनेमा मोटरसाईकलमा सवार मालारानी–४ बस्ने २८ वर्षिय विकाश शाही र उनका भाई २१ वर्षिय विष्णु शाही घाइते भएका छन् । विष्णुको हात भाँचिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
घाईते शाहीद्वयको थप उपचारका लागि कोहलपुर लगिएको छ भने बस चालक र बसलाई ईलाका प्रहरी कार्यालय छिन्चुले नियन्त्रणमा लिएको छ ।