☰ open Loading... 20 April 2024|  

संशोधनका नाममा संविधान कार्यान्वयन छायाँमा पर्यो : ज्ञवाली
  | २१ कार्तिक २०७३, आईतवार १०:३६

संविधान संधोशनको मुद्दा उचालेर सत्तासिन पार्टीले नै संविधान कार्यान्वय गर्न नचाहेको नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीले बताए छन् । कुन धारा, कुन बुदा के का आधारमा संशोधन गर्ने भन्ने विषयमा निक्र्यौल नगरेरै संशोधन संशोधन भन्दै कराउनुको औचित्य नभएको उपाध्यक्ष ज्ञवालीको भनाई छ ।

yubraj
नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नम्बर ६ का संयोजक युवराज ज्ञवाली

नेकपा एमाले प्रदेश नम्बर ६ का संयोजक समेत रहेका उपाध्यक्ष ज्ञावलीले संविधान संशोधन गर्नै हुँदैन भन्ने मानसिकता एमालेको नरहेको उल्लेख गर्दै चुरो कुरो आउनु पर्ने बताए ।

प्रदेश कमिटिको बैठकमा सहभागी हुन वीरेन्द्रनगर आएका ज्ञवालीले पश्चिमनेपालसंगको भेटमा भने,–‘संविधान गतिशिल दस्तावेज हो । संशोधन गर्न सकिन्छ । तर कुन–कुन बुदा संशोधन गर्ने भन्ने ठोस आधार आउनु पर्यो ।’

सीमित समयमा धेरै काम गर्न बाँकी रहेकाले तत्काल संशोधनभन्दा संविधान कार्यान्वयनमा जुट्नु पर्ने धारणा एमालेको रहेको ज्ञावालीको भनाई छ । कति बेला के गर्ने हो भन्ने हेक्का सत्तासिन पार्टीले नराख्दा संविधान कार्यान्वन पक्ष पुरै छायाँमा पर्नु दुःखद् भएको उनले उल्लेख गरे ।

अहिलेको अवस्थामा संविधान कार्यान्वयनमा एकमत हुन पर्ने उनले बताए । तर नयाँ जनतम आएपछि संविधान संशोधन गर्ने मार्गदिशा यथावत रहेको भन्दै अहिले गर्नु पर्ने काम कारवाही तत्कालै टुङ्गाउनमा सवैलाई जुट्न आग्रह गरे ।

यद्यपी ज्ञवालीले अहिले नै संविधान संशोधन गर्नै पर्ने अवस्था भएपनि तत्काल कुन बुदा हो प्रस्ट आएमा एमाले समर्थन गर्ने तयार रहेको उल्लेख गरे ।

मधेस विरोधी अत्तालिए

एमाले पहिलो पटक तराईमा पसेको तर्क मधेसका मुठ्ठी भरका पार्टीले गर्नु निराधर भएको ज्ञवालीले बताए । विगतदेखि नै एमालेका मधेस क्षेत्रमा हजारौं कार्यकर्ता, पार्टी संघ संगठन रहेको स्पष्ट पार्दै उनले एमालेले मेची महाकालि अभियान थाल्दा केही मधेस विरोधीहरु अत्तालिएको उल्लेख गरे ।

‘एमाले हिजो पनि मधेसमा थियो, आज पनि छ र भोली पनि मजवुत भएर अगाडी बढ्नेछ ।’ ज्ञवालीले भने,–‘पार्टीमा देखिएका मतभेतलाई चिर्दै र नयाँ संविधान कार्यान्वयका विषयमा छलफल गर्न एमालेले मधेस अभियान थालेको हो ।’

लम्पसार पर्नु गलत

भारतका राष्ट्रपति प्रवर्ण मुखर्जी आएको बेला लम्पसार पर्नु गलत भएको तर्क उपाध्यक्ष ज्ञवालीको छ । भारतका राष्ट्रपति आउँनु सकरात्मक पक्ष भएको औल्याएका ज्ञवालीले लम्पसार पर्नु दुःखद् भएको उल्लेख गरे ।

ज्ञवालीले नेपालका आन्तरिक मुद्दा छलफल र सहकार्यबाटै टुङ्गाउनु पर्नेमा बाहिरका पाहुनाका अघि रिपोटिङ्ग गर्नु पनि गलत भएको टिप्पणि गरे । ‘हाम्रा आन्तरिक मतभेद हामी आफैले टुङ्गाउने हो ।’ ज्ञवालीले थपे,–‘राष्ट्रका आन्तरिक मुद्दाहरु बोकेर भारतीय राष्ट्रपति समक्ष प्रस्तुत गर्नु राम्रो सवाल हैन् ।’ दुई ठुला छिमेकी राष्ट्र भारत र चीनविचको सम्वन्ध पारस्परिक हुनु पर्ने तर्क राखेका ज्ञवालीले एक राष्ट्रसंग मात्रै बढी झुक्ने र अर्कोलाई चिढाउने कार्य गर्नु गलत भएको बताए ।

प्रक्रियाबाटै टुङ्गीन्छ लोकमान प्रकरण

अख्तियार प्रमुख लोकमानसिंह कार्कीको नियुक्ती नै गलत भएको बताएका ज्ञवालीले संसदमा दर्ता भएको प्रस्ताव प्रक्रियाबाटै किनारा लाग्ने उल्लेख गरे । उनले माओवादी केन्द्र र एमालेको समझदारीमै हटाउने प्रस्ताव आएकाले यो केही समयमा टुङ्गीने जानकारी दिए ।

संवैधानिक निकायमा आउने जो कोहीले पनि नीति नियम, कानुन र आफ्नो मयार्दा भन्दा बाहिर गएमा लोकमान जस्तै नियति भोग्नु पर्ने ज्ञवालीको तर्क छ ।

एकलाई अविश्वास गर्ने अर्कोलाई ल्याउने संस्कार पार्टीको नभएको बताएका उनले संविधान र कानुन अनुरुप नचले कारवाहीको भागिदार हुनु पर्ने भनाई राखे ।