☰ open Loading... 18 October 2024|  

पोर्न चलचित्र खेलेर आत्महत्या गरेका पोर्नस्टारहरु यी हन्
  | २१ कार्तिक २०७३, आईतवार १४:५९

पोर्न फिल्म खेल्ने पोर्नस्टारको रुपमा सनी लियोनको नाम अग्रपंक्तिमा आउने गर्दछ । उनले बलिउडमा काम गर्नु भन्दा अगाडि पोर्न फिल्म उद्योगमा नाम कमाइसकेकी थिइन् । पोर्नस्टारका रूपमा चर्चित सनीले पोर्न फिल्म छाडिन् र बलिउडमा प्रवेश गरिन् । बलिउडमा उनले अभिनय गरेका फिल्मले भने खासै सफलता पाउन सकेन् ।

sex-3

उनी अब पुनः पोर्न उद्योगमा फर्कने योजनामा छैनन् । तर, पनि उनको नाम लिँदा सुरुमै पूर्वपोर्नस्टारबाट सम्बोधन गरिन्छ । सनीझैँ पोर्न फिल्म उद्योगमा नाम र दाम कमाएका थुप्रै पोर्न सेलेब्रिटी छन् । तीमध्ये कतिले पोर्न फिल्ममा अभिनय गर्न छाडेका छन् भने कतिले अकालमै दुनियाँ छाडेका छन् । विभिन्न टिकाटिप्पणीका कारण कतिपय पोर्नस्टारहरुले पछुतो मान्दै अकालमै आत्महत्या पनि गरेका छन् । पोर्न फिल्म खेलेर आत्महत्याको बाटो रोजेका ११ पोर्नस्टार यस्ता छन्ः

१.सोना ग्रान्ट

सोना ग्रान्ट न्युड मोडल र पोर्नस्टार थिइन् । सन् १९६३ मा क्यालिफोर्नियामा जन्मिएकी उनले सन् १९८४ मा आफैँलाई गोली हानेर आत्महत्या गरेकी थिइन् । दुई वर्ष मात्र उनले पोर्न फिल्ममा अभिनय गरिन् । दुई वर्षको अवधिमा उनले झन्डै ३० वटा पोर्न फिल्म गरिन् । बताइएअनुसार उनले पोर्न अभिनयबाट एक लाख डलर कमाएकी थिइन् । जब उनका पार्टनरलाई पुलिसले गिरफ्तार ग¥यो त्यसपछि उनले आफैँलाई सिध्याएकी हुन् ।

२.करेन लंकाउम

फ्रान्सकी पोर्नस्टार करेन लंकाउमले १७ वर्षको उमेरमा पहिलोपटक यौन अनुभव लिएकी थिइन् । त्यसपछि उनलाई यौनको लत बस्यो । हुँदाहुँदा उनले पोर्न फिल्ममा अभिनय सुरु गरिन् । थुप्रै पोर्न फिल्ममा अभिनय गरेकी उनको पोर्न उद्योगमा राम्रै नाम थियो । तर, उनले ३२ वर्षको उमेरमा आत्महत्या गरिन् । मदिरा र लागुऔषधको ‘ओभरडोज’का कारण उनको मृत्य भएको बताइन्छ । उनी आफ्ना पूर्वप्रेमीको अपार्टमेन्टमा मृत फेला परेकी थिइन् ।

३.डाना प्लाटो

सन् १९६४ मा जन्मिएकी डाना प्लाटोले पोर्न उद्योगमा नाम कमाएकी थिइन् । तर, उनी ३४ वर्षको उमेरमा आफ्नो घरको पार्किङमा डोरीमा झुन्डिरहेको अवस्थामा भेटिएकी थिइन् । पोस्टमार्टम रिपोर्टमा ड्रग्सको ‘ओभरडोज’का कारण उनको मृत्यु भएको देखिएको थियो । उनी सन् १९९२ मा पहिलोपटक भिडियो गेममा देखिएकी थिइन् ।

४.बिबियन नेट्स

बिबियन पनि चर्चित पोर्नस्टार हुन् । सन् २००२ को डिसेम्बर २९ मा उनी आफ्नै घरमा मृत फेला परेकी थिइन् । उनको मृत्यको कारण के थियो, कसैलाई थाहा छैन । आफूले गरेको कामप्रति पछुतो मानेर उनले आफूलाई सिध्याएको बताइने गरिएको छ ।

५.पालिन चान

३१ जुलाई २००२ मा आफ्नो अपार्टमेन्टको २४औँ तलाबाट पोर्नस्टार पालिनले हाम फालिन् । पोर्न फिल्ममा राम्रै नाम कमाएकी उनी मान्छेले आफूलाई हेर्ने दृष्टिकोण र व्यवहारप्रति निराश थिइन् । आफू डिप्रेसनमा भएको र आत्महत्या गर्नु नै उत्तम उपाय भएको उनले सुसाइड नोटमा लेखेकी थिइन् ।

६.एलेक्स जोडन

एलेक्स जोर्डन अमेरिकी पोर्नस्टार हुन् । उनले एक सय ६६ वटा पोर्न फिल्ममा काम गरेकी थिइन् । ३१ वर्षको उमेरमा उनले सन् १९९५ मा झुन्डिएर आत्महत्या गरिन् । उनको शब क्यालिफोर्नियास्थित आफ्नै घरबाट बरामद गरिएको थियो । उनले पनि बदनामी सहन नसकेर आत्महत्या गरेको बताइन्छ ।

७.अनातासिया ब्लु

यिनी पनि चर्चित पोर्नस्टार हुन् । यिनले सन् २००८ मा आत्महत्या गरेकी थिइन् । पोर्न जीवनप्रति बिरक्तिएकी अनातासियाले टाइलेनोल नामक ड्रग्सको ‘ओभरडोज’ लिएकी थिइन् । ‘ओभरडोज’ले गर्दा उनको हृदयाघात भएको थियो । उनले आत्महत्या गर्नकै लागि ड्रग्सको ‘ओभरडोज’ लिएको बताइन्छ ।

८.मेगन लिघ

मेगन अमेरिकी सुपरस्टार तथा एडल्ट भिडियोकी अभिनेत्री थिइन् । सन् १९९० मा २६ वर्षको उमेरमा उनको शव उनकै घर क्यालिफोर्नियामा बरामद भएको थियो । उनले गोली हानेर आत्महत्या गरेको बताइन्छ ।

९.वायोलेट एडम्सन

एडल्ट वेबसाइट बिग नेचुरल्सका लागि ३२ वर्षको उमेरमा पहिलोचोटि हार्डकोर सुटिङ गरेकी बायोलेट त्यसपछि तीन वषसम्म पोर्न मोडलिङ र अभिनयमा छाइन् । खास नाम फराह डन भए पनि उनलाई पोर्न उद्योगमा वायोलेटको नामले चिनिन्थ्यो । उनले ३५ वर्षको उमेरमा सन् २०१० को १९ डिसेम्बरमा झुन्डिएर आत्महत्या गरेकी थिइन् ।

१०.पाउला वाट्स

पाउलाले पनि अत्यधिक लागुऔषध सेवन गरी आफूलाई सिध्याएकी थिइन् । ४१ वर्षीया पाउलाले सन् २००० मा अत्यधिक हेरोइन सेवन गरी मृत्यु अँगालेकी हुन् । यिनी पनि पोर्न उद्योगमा चलेकी अभिनेत्री हुन् ।

११.लेइला लोप्स

लेइला लोप्स पनि चल्तीकी पोर्नस्टार थिइन् । उनी पनि आफ्नो कर्मप्रति निराश भई लागुऔषधको अम्मली भएको बताइन्छ । सन् २००९ मार्च १२ मा उनलाई हृदयाघात भयो । हृदयाघातले नै उनको प्राण गयो । पोस्टमार्टम गर्दा उनले अत्यधिक ड्रग्स सेवन गरेको रिपोर्ट आयो । उनले ‘सुसाइड नोट’मा बाँच्ने चाहना मरेकाले मृत्य अँगालेको लेखेकी थिइन् ।