☰ open Loading... 18 October 2024|  

ब्राउन सुगरसहित दुई जना पक्राउ
  | २१ कार्तिक २०७३, आईतवार १७:४४

जिल्ला प्रहरी कार्यालय सुर्खेतले अवैध लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरी नायब निरिक्षक धु्रवराज वोहराको नेतृत्वमा गएको टोलीले वीरेन्द्रनगरको औद्योगिक क्षेत्र अगाडीबाट दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर–१० बस्ने तेज राना मगर र रमेश राना मगर छन् । प्रहरीले शंकास्पद रुपमा हिडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरुको साथबाट २ (दुई ) पुरिया अर्थात २६० मिलिग्राम लागु औषध बरामद गरेको जनाएको छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान जारी राखेको जिल्ला प्रहरी कार्यालय सुर्खेतको विशेष शाखाले जनाएको छ ।