☰ open Loading... 18 October 2024|  

मुगुमा ३ गाउँपालिका र एक नगरपालिका प्रस्ताव
  | २२ कार्तिक २०७३, सोमबार ०९:३८

जिल्ला पुनः संरचना आयोग मुगुमा जिल्ला पुनः संरचना आयोग प्राविधिक समिति तथा जिल्लामा रहेका राजनीतिक दलको बैठकले तीन गाउँपालिका र एक नगरपालिका रहने गरि आयोगमा सिफारिस गर्ने निर्णय गरेका छन । मुगुमा भेगको रुपमा बस्तीको बिकास भएकाले एउटा भेगको गाबिसलाई अर्को भेगमा लिन पनि नमिल्ने भएकाले एक भेगको एक गाउँपालिका तीन र एक नगरपालीका स्थानिय तह पुनर्संरचना आयोगमा प्रस्ताव गर्ने निर्णय गरीएको हो ।

जिल्लाको आवश्यकता र स्थानीयको माग अनुसार एक भेगमा २ गाउँपालीका हुनु पर्ने माग अनुसार ७ गाउँपालीका र १ नगरपालीका गरी ८ को पनी प्रस्ताव गरीएको छ ।

स्थानिय तह पुनःसंरचनामा गाँउपालिका निर्माण गर्दा राज्य पुनसंरचना आयोगले तोकेको ३ देखि ५ को मापदण्ड अनुसार गाउँपालिकाकाे खाका अनुसार मुगुमा चार भेगमा ३ गाउँपालीका र १ नगरपालीका गरी ४ स्थानीय निकाय सिफारीस गर्ने निर्णय भएकाे जिल्ला पुनः संरचना आयोग प्राविधिक समिति संयोजक निमित्त स्थानीय बिकास अधिकारी देवि प्रसाद पाण्डेले बताए ।

करान भेगमा काबरोङ्ग गाउँपालीका, गममा एक नगरपालीका छाँयानाथ रारा नगरपािका, सोरुमा सोरुकोट र खत्याड गाउँपालीका प्रस्ताव गरीएको छ ।