☰ open Loading... 18 October 2024|  

कानूनको पालनाले समाज सुधार्न सहज हुन्छ : प्रजिअ
  | २२ कार्तिक २०७३, सोमबार ०९:३०

दैलेखका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले कानून पालनाले समाज सुधारमा सहज हुने बताए । त्यस क्षेत्रको बस्तुस्थिति बुझ्न बेस्तडा पुगेका प्रमुख जिल्ला अधिकारी क्षेत्री पुरातन सोच, रुढीवादी संस्कारहरु त्याग्दै नयाँ नेपाल निर्माण जुट्नु पर्ने आवश्यकता औल्याए ।

dkt
संघीय स्वरुपमा राज्य पुनर्संरचनाको काम भइरहेको जनाउदै उनले पुरातन संस्कार त्याग्दै महिला, दलित, जनजाति तथा उपेक्षित वर्गलाई प्रोत्साहन दिएर विकासको मुलधारमा ल्याउन समाजका सबै अगुवाहरुको मुख्य भूमिका हुनुपर्ने उनको सुझाव थियो ।

प्रमुख जिल्ला अधिकारीसंगै गएका प्रहरी नायव उपरीक्षक डीएसपी केदार रजौरेले प्रहरी जनता सहयोगी भएको बताउदै गल्ती गर्दा सच्याउने र राम्रो गरिरहेको बेला सहयोग गर्ने समाजको दायित्व भएको बताए । समयअनुकूल समाज र प्रहरी दुबै हातेमाले गरेर अघि बढ्नुपर्ने उहाँले औल्याए ।

स्थानीय बासिन्दा नन्दबहादुर बिकले ७ गाविसको मुख्य मुकाम भएर पनि सीटामोल दिने स्वास्थ्य इकाई नभएको कठिनाई दर्शाए । कार्यक्रम समाजसेवी गणेश शर्माले टेलिफोन सेवाको असुविधा र स्थानीय अगुवा महिला चन्द्रा रेग्मीले मदिराको व्यथितिले महिला हिंसा बढेको समस्या सुनाएका थिए ।

प्रमुख जिल्ला अधिकारी क्षेत्रीले जिल्लामा आएको ८ महिनापछि पहिलो पटक छोटो समयका लागि बेस्तडा पुग्दा पनि यहाँको विकटता जानकारी भएको र यो क्षेत्रका समस्या सुल्झाउन जिल्लास्थित कार्यालय र माथिल्ला निकायमा पनि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रमुख जिल्ला अधिकारी र प्रहरी नायव उपरीक्षकलाई इलाकाको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन बेस्तडा प्रहरी चौकीले गरेको प्रयास र नागरिक समाजको सहयोग लगायतको बस्तुस्थिति विषयमा बेस्तडा प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक असई चिन्तामणी पोखरेलले छुट्टै विफिङ्ग गरेका थिए ।