☰ open Loading... 1 May 2024|  

२० लाख अलैंचीका बेर्ना तयार
  | २३ कार्तिक २०७३, मंगलवार ०९:३९

कामको खोजीमा युवाहरु विदेशमा भौतारिएका बेला दैलेखका ४ जना युवाहरु मिलेर ठुलो संख्या अलैंची बिरुवा उत्पादन फर्म खोलेर उदाहरणिय काम गरेका छन् । उनीहरुले दुई वटा फर्ममा २० लाख बेर्ना उत्पादन गरेका छन् ।

पश्चिमका पहाडहरुमा ब्यवसायिक रुपमा अलैंची लगाउन सुरु गरेपछि ती यूवाहरुले बेर्नाको फर्म खोलेर उत्पादन सुरु गरेका हुन् ।
ब्यक्तिगत र बैंकबाट गरेर धन्नै १ करोड रकम बेर्ना उमार्न र हुर्कान खर्च भएको ब्यवसायी लोकेन्द्र पौड्यालले बताए । ‘गाँउमै केही काम गरौं भनेर अलैंचीका बेर्ना उत्पादन गरेका हौं ।’ यूवा ब्यवसायी लोकेन्द्र पौड्यालले भने, दुई वर्षदेखी उमारेका अलैंची अहिले विक्रिका लागि तयार भैसकेका छन् ।’

उनीहरुका अनुसार फर्ममा रहेको २० लाख बेर्ना विक्रि गरेपनि २ करोडदेखी २ करोड ६० लाखसम्ममा आम्दानी हुन्छ । प्रति बेर्ना ८ देखी १३ रुपैँया मूल्य रहेको छ । सामुहिक रुपमा लागानी भएकाले ४ जना यूवाहरु अहिले बेर्ना विक्रिमा खटिएका छन् । ब्यवसायीक रुपमा काम गर्ने किसानहरुले ओसीलो पर्ने ठाँउमा बेर्ना लगाउँने गर्दछन् ।

कुसापानी र मेहेलतोली गाविसमा खेतहरु भाँडामा लिएर यूवाहरुले बेर्ना उत्पादन गरेका हुन् ।
विदेशमा गएर जाँगिर खाने अवसरलाई छाडेर पत्रकारितामा लागेका लोकेन्द्रले यूवाहरुको टिम बनाएर अलैंचीको बेर्ना उत्पादनमा मेहेनती भएर लागेका थिए । उनीसंगै मोहन पौड्याल, शिव कार्की र प्रेम बस्नेत रहेका छन् । शिव कृषि प्राविधिक हुन् ।

उनीहरुले बेला बेलामा बेर्ना हेर्नका लागि प्राविधिकहरुलाई जाँगिर समेत दिएका छन् । पत्रकारितामा नाम भएपनि पैसा नभएपछि आफुले आफन्तहरुलाई सहयात्री बनाएर अलैंची खेतीमा लागेका लोकेन्द्र बताउँछन् । ब्यवसायी अलैंची खेतीका लागि २० केजी विउ खदिर गरेर नर्सरी तयार परी निकै मेहेनत गरेर बेर्ना तयार पारिएको अर्का यूवा उद्यमी शिव कार्कीले बताए ।

‘नर्सरी तयार गरेदेखी उम्रन र हुर्काउन निकै गाह्रो हुन्छ ।’ शिवले भने, हेरचारका लागि चौकीदार राखेर गोडमेलका लागि कामदार समेत राख्नुपर्छ । बेर्ना तयार हुनेबेलासम्म निकै दुःख गर्नुपर्छ ।’ अहिले भारतमा अलैंचीको माग बढी छ ।

लामो समयसम्म उत्पाद दिने र मुल्य पनि राम्रो भएकाले किसानहरु अलैंची खेतीतर्फ आर्कषण छन् । दैलेखमा ३ वर्षदेखी अलैंची खेती गरिदै आएको छ ।

अलैंची खेतीका लागि दोलखा र इलामवाट प्रति विरुवा २० रुपैयाँका दरले दैलेखका केही कृषकहरुले खरिद गरेर ब्यवसायक रुपमा लगाएका हुन् । जिल्लामै बेर्ना उत्पादन भएपछि कृषकले प्रति बेर्ना ८ देखि १३ रुपैयाँ मुल्य तोकिएको यूवाहरुले जनाएका छन् ।

img_7381
 मेहेलतोलीको सान्तडामा रहेको फर्ममा अलैंची बेर्ना गोडमेल गर्दै लोकेन्द्र पौड्याल । 

आफुहरुले उत्पादन गरेको अलैचीको बिरुवा, जाजरकोट, जुम्ला, हुम्ला, कालिकोट लगायतका जिल्लाहरुमा बिक्रि हुने शिव कार्कीले जानकारी दिए । पहाडी जिल्लाहरुमा अलंैची उत्पादन हुने क्षेत्र मानिन्छ । बर्षातको समयमा अलैंची विउ रोप्ने गरिन्छ । एक वर्षदेखी दुई वर्षमा बेर्ना विक्रिका लागि तयार हुन्छ ।