☰ open Loading... 23 December 2024|  

बर्दियामा ४ नगरपालिकासहित १ गाउँपालिका निश्चित
  | २४ कार्तिक २०७३, बुधबार १४:३६

तीन क्षेत्रको टुङ्गो आयोगले लगाउने गरी सिफारिस

बर्दियामा स्थानिय तह पुर्नसंरचना बनाउने विषय आशिंक रुपमा टुंगो लागेको छ । स्थानिय तह पुर्नसंरचना आयोगले कात्तिक २० गतेसम्म स्थानिय तहमा सहमती गरी प्रतिवेदन पठाउन निर्देशन गरेकोमा ४ नगरपालिका, १ गाउँपालिका निश्चित गरी प्रतिबेदन पठाएको छ भने ३ क्षेत्र ठाकुरबाबा, मधुवन र बढैयाताल नगपालिका रहने वा गाउँपालिका रहने केन्द्रबाटै टुंगो लगाउने गरी सिफारीस पठाएको छ ।

स्थानिय विकास अधिकारी नेतृत्वको जिल्ला स्तरिय प्रविधिक समितिले सोमबार गुलरिया क्षेत्रमा गुलरिया नगरपालिका र महमदपुर गाविस समाबेस गरी गुलरिया नगरपालिका, मगरागढी क्षेत्रमा मगरागढी, पदनाहा, धधवार र बानियाभार गाविसलाई समेटेर बारा बर्दिया नगरपालिका सिफारिस गरेको छ ।

यस्तै बाँसगढी क्षेत्रमा बाँसगढी नगरपालिका र राजापुर क्षेत्रमा राजापुर नगरपालिकालाई नगरपालिकाको रुपमा सिफरिस गरेको छ । यसैगरी अन्य सबै मापदण्ड पुरा भएतापनि जनसंख्या मात्र अपुग भएका भुरिगाउँ ठाकुरद्धारा क्षेत्रमा बबई नगरपालिका एवं शिवपुर र ठाकुरद्धारा गाविसलाई समेटेर ठाकुरबाबा नगरपालिका, सानोश्री क्षेत्रमा सानोश्रीताराताल नगरपालिका एवं ढोढरी र सुर्यपटुवा गाविसलाई समेटेर मधुवन नगरपालिका र मैनापोखर क्षेत्रमा जमुनी, सोरहवा, मैनापोखर र कालिका गाविसलाई समेटेर बढैयाताल नगरपालिका गरी तीन वटा क्षेत्रलाई स्थानिय जनताको माग बमोजिम बैकल्पिक नगरपालिकाको रुपमा प्रस्ताव गरिएको जिल्ला स्तरिय प्रविधिक समितिका संयोजक तेजराज शर्माले बताए ।

साथै राजापुर क्षेत्रमा खैरीचन्दनपुर, मनाउँ, गोला, पशुपतिनगर र पाताभार गाविसलाई समेटेर गेरुवा गाउँ पालिका सिफरिस गरिएको छ । आइतबार राती अवेरसम्म सर्बदलिय बैठकले स्थानिय तह पुर्नसंरचनाका बारेमा कुनै सहमती जुटाउन नसकेपछि जिल्ला स्तरिय प्रविधिक समितिलाई जिल्लाको बस्तुस्थिती बुझि सिफारिस गर्ने जिम्मेवारी प्रदान गरिएको थियो ।

भुरीगाँउ ठाकुरद्धारा क्षेत्रमा ठाकुरबाबा नगरपालिका वैकल्पीकमा गाउँपालिका, सानोश्री क्षेत्रमा मधुवन नगरपालिका वैकल्पीकमा गाउँपालिका र मैनापोखर क्षेत्रमा बढैयाताल नगरपालिका वैकल्पीकमा गाउँपालिकाका लागि सिफारीस पठाएको जिल्ला स्तरिय प्रविधिक समितिका संयोजक तेजराज शर्माले बताए  ।

अन्य सबै मापदण्ड पुरा भएतापनि जनसंख्या मात्र अपुग भएका ठाकुरबाबा, मधुवन र बढैयाताललाई नगरपालिका कायम गर्ने वा गाउ“पालिका कायम गर्ने भन्ने टुंङ्गो केन्द्रले लगाउने शर्माले जानकारी दिए ।

बर्दियाका लागि तोकिएका ८ वटा स्थानिय तह मध्ये ४ नगरपालिका र १ गाउँपालिका सहित ५ वटाको टुंगो लागिसकेको अवस्थामा स्थानिय जनताको भावना अनुसार गतवर्ष मात्रै नगरपालिका घोषणा गरिएका र २०६८ सालको जनगणना अनुसारको जनसंख्यामा उल्लेखनिय मात्रामा वृद्दि भईसकेका एवं नगरपालिका हुनका लागि अन्य सम्पुर्ण मापदण्ड पुरा भईसकेका बबई नगरपालिका र सानोश्रीताराताल नगरपालिकालाई नगरपालिकाबाट गाउँपालिकामा रुपाण्तरण गर्दा यस क्षेत्रका जनताको मनोभावनामा पर्ने असरप्रति सचेत भई केन्द्रिय स्थानिय तह पुःसंरचना आयोगबाट नगरपालिका नै कायम हुने कुरामा स्थानियवासीहरु आशाबादी रहेका छन ।