☰ open Loading... 28 February 2024|  

देउसी भैलोको रकमबाट अक्षयकोष
  | २४ कार्तिक २०७३, बुधबार १४:५२

हरेक बर्ष तिहारमा देउसी भैली खेलेर थुप्रै रकम संकलन गर्ने गरिन्छ । संस्कृती संरक्षणको नाममा संकलित उक्त रकम केहीलाई अपवाद मान्ने हो भने प्रायः वनभोजमा नै सकिने गर्दछ । कालीकोटको मान्ममा प्रशारण केन्द्र रहेको रेडियो मालिकाले देउसी भैलो खेलेर संकलन भएको रकमबाट अक्षयकोष स्थापना गरेको छ । कर्णालीको कला, साहित्य, संस्कृती र पर्यटन प्रबद्र्धनका लागि उक्त कोष स्थापना गरिएको हो ।

देउसी भैलोबाट संकलित ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरि उक्त कोषबाट प्राप्त हुने ब्याजले हरेक बर्ष कला, संस्कृती र पर्यटनको क्षेत्रमा कलम चलाउने पत्रकार तथा यस क्षेत्रमा योगदान पु¥याउने कलाकारलाई पुरस्कृत गर्ने उद्देश्यले देउसी भैलोबाट संकलित रकमबाट ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरिएको रेडियो मालिकाका स्टेशन मेनेजर खगेन्द्र भट्टराईले बताए ।

कालीकोटको मान्ममा आयोजित एक कार्यक्रममाबीच कालीकोटका साँसदद्धय महेन्द्रबहादुर शाही र तुलाराज बिष्टले संयुक्त रुपमा उक्त कोष स्थापनाको घोषणा गरेका छन् ।
साँस्कृतिक तथा पर्यटन प्रबद्र्धन पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापनाको घोषणा गर्दै कालीकोटका साँसद तथा कार्यक्रमका प्रमूख अतिथि महेन्द्रबहादुर शाहीले देउसी भैलीको रकमबाट पत्रकारिता पुरस्कार स्थापना गरी पत्रकारहरुलाई पर्यटन प्रबद्र्धनमा कमल चलाउन उत्साहित गर्नु सकारात्मक कार्य भएको बताए ।

‘संस्कृती संरक्षणको नाममा बर्सेनी देउसी भैलीबाट विभिन्न समूहले लाखौ रकम संकलन गर्ने गरे पनि त्यसको सही सदुपयोग हुन सकेको छैन’ साँसद् शाहीले भने, ‘देउसी भैलीबाट संकलित रकम कला, साहित्य, संस्कृती र पर्यटन प्रबद्र्धनका क्षेत्रका लागि अक्षयकोष स्थापनाले अन्य समूहलाई पनि सिकाई हुनु पर्दछ ।’ दुई तीन दिन देउसी भैली खेल्ने र वनभोजमा खर्च गर्ने परिपाटीको अन्त्य गरी सामाजिक कार्यमा योगददान दिनका लागि यूवाहरु अग्रसर हुनु पर्नेमा जोड दिए ।

कार्यक्रमका बिशेष अतिथि रहनु भएका अर्का साँसद तुलाराज बिष्टले कर्णाली प्रदेश कला साहित्य र पर्यटन बिकासका लागि उर्वर भूमि भए पनि यहाँको संस्कृती प्रायः लोप हुने अवस्थामा रहनु दुखद भएको भन्दै यसको संरक्षणमा युवा सहभागिता जरुरी भएको बताए । ‘हाम्रो संस्कृती लोप भइरहेको अवस्था छ’ उनले भने, ‘पश्चिमा संस्कृतीको प्रभावले हाम्रो संस्कृती हराउँदै गएको छ यसको संरक्षणका लागि यूवाले थालेको अभियानमा हामी सबैको साथ हुन आवश्यक छ ।’ उनले कर्णालीको बिकासका लागि स्थानीय तहबाट नै पहल हुन आवश्यक भएको बताए ।

कार्यक्रममा नेपाली काँग्रेस कालीकोटका महाधिवेशन प्रतिनिधी हिक्मतबहादुर बिष्ट, नेकपा एमालेका अध्यक्ष नगिन्द शाही (नेश्नल), उपाध्यक्ष रमेश शाही, पूर्व अध्यक्ष विश्वराज वम, नेकपा माओवादी केन्द्रका धर्मराज शाही, राप्रपाका प्रवक्ता कालीबहादुर शाही, प्रमूख जिल्ला अधिकारी कृष्णबहादुर खड्का, स्थानीय बिकास अधिकारी प्रदीपराज अधिकारी, प्रहरी प्रमूख योगेन्द्रकुमार खड्का, जिल्ला स्वास्थ्य कार्यालयका प्रमूख डा. कौशल अली, नेपाल पत्रकार महासंघका अध्यक्ष कालीबहादुर मल्ल, उपाध्यक्ष पवित्रकुमार शाहीलगायतले देउसी भैलीबाट संकलित रकम पर्यटन प्रबद्र्धनमा लगाउने कार्यको सह्राना गरेका थिए ।