☰ open Loading... 26 April 2024|  

भारुको कारोबार रोकिँदा नेपालीलार्इ सास्ती
  | २५ कार्तिक २०७३, बिहीबार १५:५२

भारतले भारु ५०० र एक हजारका नोटको कारोबारमा रोक लगाएसँगै भारतसँग सीमा जोडिएका कैलालीका विभिन्न ठाउँका सर्वसाधारण मारमा परेका छन् ।

आफ्नो साथमा रहेको भारु हजार र ५०० का नोटको सटही हुने÷नहुने अन्योलता बढेपछि सीमावर्ती बजारका नागरिकले सास्ती खप्नु परेको छ ।
indian-rs
भारतको लखनउबाट उपचारका गरी फर्किएका धनगढीका मनोज ओझा आफूसँग रहेको भारु एक हजार र ५०० का नोट सटही नहुँदा विचल्लीमा परेको बताउँछन्। “उपचारका लागि पुनः लखनउ जान समस्या भएको छ,” उनले भने ।

कारोबारमा रोक लगाइएसँगै स्थानीय व्यापारी, भारतका अस्पतालमा उपचारमा रहेका बिरामीका अविभावक र सर्वसाधारण आफूसँग रहेका भारु ५०० र हजारका नोट सटही हुने वा नहुने र सटही गर्दा पनि सानो दरको भारु पाउने वा नपाउने भन्ने समस्यामा छन् । भारतमा काम गरेर फर्किने र भारतका अस्पतालमा उपचाररत रहेका नेपाली नागरिक मारमा छन् ।

नेपाल राष्ट्र बैंक धनगढी शाखाका प्रबन्धक विश्रुत थापाले भारु एक हजार र ५०० का नोटको कारोबारमा भारतले रोक लगाएपछि नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागले पनि आजैदेखि ती नोटको कारोबारमा रोक लगाएको जानकारी दिए ।