☰ open Loading... 25 February 2025|  

रारा, कालै र धैनकोटका नागरिकले राजनीतिक दल त्यागे
  | २५ कार्तिक २०७३, बिहीबार १६:२३

मुगुमा गाउँपालिकाको माग गर्दै ईलाका नं ६ का राराकालै र धैनकोटका स्थानीयले आफू आवद्ध कुनै पनि पार्टीको साधरण सदस्य नरहने गरी सामूहिक राजिनामा दिएका छन । मुगु जिल्लाको भौगोलीक वनावट र स्थानिय बासिन्दाले रारा, कालै र धैनकोट गा.वि.स.लाई एक गाऊँपालिका बनाउनु पर्ने माग राख्दै पार्टी सदस्यता त्यागेका हुन् ।

mugu

जनताको भावना विपरित मुगुका राजनीतिक पार्टीका नेताहरुले आफू खुसी स्थानीय निकायको संख्या निर्धारण गरेको भन्दै राजिनामा दिएका छन् । रारा, कालै र धैनकोटका सम्पुर्ण नेपाली कांग्रेस, नेकपा एमाले माओवादी केन्द्र लगायतका अन्य पार्टीमा आवद्ध भएका जिल्ला गाउँ तथा वडाका नेता कार्यकर्ताहरुले आ–आफ्नो पार्टी कार्यलयमा पार्टीको साधारण सदस्य नरहने गरि राजिनामा दिएको जानकारी दिएका छन् ।

गाउँपालीकाको माग गर्दै यहाँका स्थानीय नागरिकले जिविसमा धर्ना, पुनर्संचना आयोगमा जिल्ला प्रशासन कार्यलयमार्फत ज्ञापनपत्र बुझाइ सहेका छन् । गत साउनदेखि रारा गा.वि.स.का स्थानिय अगुवा दान बहादुर शाहीको संयोजगत्वमा संघर्ष समिति गठन गरिएको थियो ।

गाउपालिका बनाउने विषयमा आफ्ना मागप्रति सवै उदासिन भएको उनीहरुले बताएका छन् । मुगु जिल्लामा पाँच वटा गाउँँपालिका बनाउन सकिने भएपनि जिल्लाका क्रियाशिल राजनितिक दलका नेता र जिल्ला पुनः संरचना आयोगले मापदण्ड विपरित काम गरेकाले पार्टी सदस्यता त्यागेको नेपाली काँग्रस मुगुका कोषाध्यक्ष दान बहादुर शाहीले बताए ।

उनले आफुहरुको माग पुरा नभएसम्म आन्दोलनका कार्यक्रमलाई थप कडा पार्दै लैजाने चेतावनी दिएका छन् ।