☰ open Loading... 19 September 2024|  

पक्राउ परेका विप्लव माओवादीका नेता रिहा
  | २५ कार्तिक २०७३, बिहीबार १६:३२

बढदो महंगीलाई नियन्त्रण गर्न माग गर्दै चक्काजाममा उत्रिएका नेकपा माओवादी (नेत्र विक्रम चन्द) निकट ३ जना कार्यकर्तालाई दाङ प्रहरीले छोडेको छ । चक्काजाममा उत्रिएका अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रकाश शाही, जिल्ला अध्यक्ष हेमन्त जिसी र माओबादी पाँच नम्बर एरिया सेक्रेटरी भुपेन्द्र भुसाललाई प्रहरीले घोराहीबाट नियन्त्रणमा लिएको थियो ।

जवरजस्ती सवारीका साधनलाई सञ्चालनमा रोक लगाउन लागेपछि वडा प्रहरी कार्यालयले उनीहरुलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा बुझाएको थियो । दैनिक उपभोग्य बस्तुहरु सहित हरेक चिजहरुको मूल्य बृद्धि हुँदै जादा उपभोक्ता अधिकार कुण्ठीत गएको भन्दै माओबादीले आन्दोलन गर्दै आएको छ ।

विचौलियाका कारण उत्पादक र उपभोग गर्नेहरु मारमा परेको भन्दै नेकपा माओबादीले आज देशैभरी एक घण्टा चक्काजामको आयोजना गरेको थियो । सोही क्रममा पक्राउ परेका तीन जनालाई सम्झाई बुझाई गरी छाडेको प्रहरीले जनाएको छ ।

चक्काजामले यात्रुहरुको अधिकार हनन हुने हुदा अबदेखी चक्काजामका कार्यक्रम नगर्न प्रहरीले आग्रह गरेको डिएसपी प्रकाशराज शर्माले जानकारी दिए । माओवादीले खाद्य सम्प्रभुतामा गम्भिर असर पर्दै गएको भन्दै मूल्य नियन्त्रणमा राज्यलाई दबाद दिन आगामी २८ गते नेपाल बन्दको आह्वान गरेको छ जनाएको छ ।