☰ open Loading... 19 September 2024|  

अवैध नदी जन्य बस्तु निकाशी गर्ने ट्रयाक्टर नियन्त्रणमा
  | २५ कार्तिक २०७३, बिहीबार १६:३८

प्रहरीले ढुंगाजन्य बस्तु उत्खननका लागि अनुमति नै नभएको स्थानबाट निकासी गरेको भन्दै पाँचवटा ट्याक्टरसाई नियन्त्रणमा लिएको छ । तुसीपुर नगरपालिकाको उरहरीमा रहेको जसपुर प्रहरी चौकीले अबैध रुपमा नदी जन्य बस्तु उत्खनन गरि निकासी गर्न लागेका पाँचवटा ट्याक्टरसाई नियन्त्रणमा लिएको हो ।

तुलसीपुरको सितलपुर पुल नजिकैबाट बालुवा र ढुङ्गा उत्खनन् गरिरहेको अवस्थामा रा १ त १५६९, रा १ त १९७०, लु २ त ५५३४, रा १ त १४२३ र रा १ त १८९६ नम्वरका ट्याक्टरलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

नियन्त्रणमा लिइएका पाँच वटै ट्याक्टरहरुलाई आबस्यक कार्वाहीका लागि तुलसीपुर नगरपालिकामा पठाइएको प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक नयाराम कार्कीले जानकारी दिए । यसरी अबैधरुपमा ढुंगाजन्यबस्तुहरु निकासी गर्नेलाई सरकारले ५ हजार रुपैयाँ जरिवाना तिराउदै आएको छ । सरकारले केही दिन पहिले मात्रै जिल्लाका ९ वटा खोलाहरुका निश्चित ठाउँहरुबाट मात्रै सिमितरुपमा ढुंगाजन्यबस्तुहरुको उत्खनन् र निकासीको अनुमति दिएको छ ।