☰ open Loading... 19 September 2024|  

स्कुल बस चलाउने चालकले मापसे गरेपछि…
  | २५ कार्तिक २०७३, बिहीबार १७:४५

जिल्ला प्रहरी कार्यालय सुर्खेतले स्कुल बस चलाउँदै आएका एक चालकलाई कारवाही गरेको छ । वीरेन्द्रनगरमा रहेको यज्ञ पिस होस एकेडेमीको ना ३ ख २६०५ नम्बरको बस चलाउने चालकलाई प्रहरीले कारवाही गरेको हो ।

वीरेन्द्रनगर–१० खजुरामा जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बस चालक खुम प्रसाद सुवेदीले मादप पदार्थ सेवन गरेको भेटाएको थियो ।

पक्राउ परेका चालक सुवेदीलाई केही सामान्य अपराध अन्तरगत मुद्दा दर्ता गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सुर्खेतको विशेष शाखाले जानकारी दिएको छ ।