☰ open Loading... 16 September 2024|  

राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम लागु
  | २५ कार्तिक २०७३, बिहीबार १७:४९

बर्दियामा राष्ट्रीय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम लागु भएको छ । जिल्लाका ३०१ सामुदायिक विद्यालयमा कक्षा १ देखि ३ सम्म यो कार्यक्रम लागु भएको हो । विद्यर्थीको सिकईमा केन्द्रीत रहि शिक्षाको गुणस्तर सुधार गर्ने लक्ष्यका साथ यो कार्यक्रम संचालन गरिएको जिल्ला शिक्षा कार्यालय बर्दियाले जनाएको छ ।

प्राथमिक तहका बालबालिकाहरुको पढाई सिप विकाश गर्न यतीखेर सन्द्रभ पाठ्य सामर्गी वितरण कार्य भैरहेको बताइएको छ । यसैगरी भवानि मा . वि सिमरालाई जिल्ला शिक्षा अधिकारी दमन सिह चौधरी ले बालबालिकाका लागि अवशयक पठन सामग्री हस्तानतरण गरेका छन् ।

मैत्री पठन सामग्री बितरण कार्य सुरु गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । यस लगत्तै जिल्लाका १० वटै स्रोत केन्द्रमा सामाग्री वितरण गर्ने शिक्षा कार्यालयको योजना रहको छ ।

यो कार्यक्रम देशका १६ वटा जिल्लामा लागु भएको र क्रमिक रुपमा ७५ वटै जिल्लामा संचलन गरिने नेपाल सरकारको योजना छ । यूएसएड को आर्थीक एबं प्राबिधिक सहयोगमा नेपाल सरकारले राष्टिय प्रारम्भिक कक्षा पढाई कार्याक्रम लागु गरेको हो ।