☰ open Loading... 23 February 2025|  

पाँचसय बढी घरेलु हिंसाका घटना
  | २६ कार्तिक २०७३, शुक्रबार १२:०८

जिल्लामा पाँच सय ३४ वटा लैङ्गिक हिंसाका घटना घटेका छन् ।  लैङ्गिक हिंसाका घटनामध्ये कुटपिट १५१, घरनिकाला ५७, अपहेलना ९२, गाली बेइज्जती १५, बहुविवाह २०, आर्थिक हिंसा ११, यौन शोषण ७०, मानव बेचबिखन १६, अलपत्र ५०, फेला पारिएको ४७, बाल विवाह दुई र समाजबाट निकाला तीन वटा गरी कुल पाँच सय ३४ वटा घटना घटेको महिला तथा बालबालिका कार्यालय बर्दियाले जनाएको छ ।

वि.स. २०७० देखि अहिलेसम्म जिल्लामा सो घटना घटेको तथ्याङ्क कार्यालयसंग रहेको महिला तथा बालबालिका कार्यालयका प्रमुख गिराकुमारी बस्नेतले बताइन ।

उनले कुनै पनि हालतमा लैङ्गिक हिंसा घटाउने दोषीलाई उन्मुक्ति दिन नमिल्ने बताउँदै महिला तथा बालबालिकामाथि हुने सबै प्रकारका हिंसा न्यूनीकरणका लागि समाजका सबै पक्ष सम्बेदनशील हुनु पर्ने उल्लेख गरिन् ।