☰ open Loading... 20 April 2024|  

कार्यालय प्रमुखकाे दादागिरी, कार्यालय सहयाेगीलाइ मानसीक यातना दिएकाे खुल्याे
  | १ मंसिर २०७३, बुधबार १६:१२

आफनै महिला कार्यालय सहयोगीलाई जिल्ला कोष तथा लेखा नियन्त्रण कार्यालय दैलेखका प्रमुख सुर्यप्रसाद भुसालले मानसीक यातना दिएर कार्यालयबाटै निकालेको आरोप लागेको छ । गत भादौ महिनादेखी कार्यालयमा कार्यालय सहयोगीको पदमा नियूक्त पाएकी रञ्जना थापाले आफुलाई काम गर्दागदै पनि बारम्वार मानसीक यातना दिएर जागिरबाट निकालिएको बताएकी छन् ।

पौषसम्म काम गर्ने नियुक्तीपत्र भएपनि कार्यालय प्रमुखले आफुलाई टर्चर गरेर निकालेको आरोप थापाले लगाईन् । उनका अनुसार नियुक्तीपत्रमा कार्यालयको काम, वढि समय विहानबेलुका काम गरे भत्ता दिईने ब्यवस्था छ ।

तर, आफुलाई कार्यालयको कामसगै कार्यालय प्रमुखका लागि खाना पकाउने, कपडा धुने र हाकीम सापको छोरीको दिसा समेत धुने काम गर्दा समेत प्रमुखले दिनहु टर्चर दिई कार्यालयबाट निकालेको दुखेसो थापाले संचारकर्मीमाँझ पोखीन् ।

उनलाई लिएको नियूक्तीपत्रमा कार्यालय खोल्ने बन्द गर्ने, सरसफाई गर्ने, चिठीपत्र पुराउने रहेको छ तर, उनीलाई कार्यालय प्रमुखले ब्यक्तिगत काममा लगाएको पाईएको छ । ‘मैले कार्यालयको काम सकेर खाना पकाउनेदेखी हाकीम साप र सावनीको कपडा समेत धोए पीडित कार्यालय सहयोगी थापाले भनिन्, हुँदाहुँदा बच्चाको दिसा समेत पखाल्नु पर्ने काम हामीले लगाए ।

‘यतिका काम गर्दा समेत मलाई हाकीम सापले तुच्छ बोल्ने, मानसीक यातना दिने गर्नु भो । त्यो पनि सहन बाध्य थिए तर, अहिले अफिसमै नआउन भन्नु भएको छ ।’ उनले भनिन् ।

आफुलाई विदाको दिनमा समेत काममा लगाउने गरेको पीडितले बताईन् । ‘विदा र विहान साँझ काम गरे वापत भत्ता नपाएपनि काम नगरेको थिए । पीडित थापाले भनिन् , त्यती गर्दा समेत आफुलाई कार्यालयमै नआउनु भनि निकाले । उनलाई कार्यालयमा अधुरो १० हजार तलवमा नियूक्त गरिएको थियो ।

यस अघि पनि काम गर्न कार्यालय सहयोगीलाई विभिन्न बहानामा मानसीक यातना दिएर निकालिएको आरोप बासी गाविसका भुपेन्द्र शाही, निशा शाहीको छ ।

२४ घण्टा काममा लागाउने अझैपनि आफु माथि भएको यातना सहन नसकेर काम छोडेको शाहीले बताए । अहिले व्यापारबाट धेरै सन्तुष्ट भएको बताए ।

थापाले न्याय नपाए कानुनी बाटोमा जाने पीडितले बताईन् । कार्यालय प्रमुख भुषालले भने आफुमाथि लगाईएको आरोप गलत भएको प्रतिक्रिया दिएका छन् ।