लामो समयदेखि विद्यालयमा नियमित पढाइ नभएको भन्दै नेत्र ज्योति मावि हाँकु जुम्लाका विद्यार्थीले शुक्रबारदेखि विद्यालयमा तालाबन्दी गरेका छन् । दशै बिदादेखि हालसम्म विदालयमा झण्डै डेढ महिनाको अवधिसम्म पढाइ संचालन नभएको भन्दै विद्यार्थीले विद्यालय तालाबन्दी गरेका हुन् ।
मंसिर १५ गतेपछि विद्यालयको बार्षिक अन्तीम परीक्षा संचालन हुने समय नजिकिदै गएपछि विद्यालयमा नियमित पढाइ संचालन नहुदाँ शिक्षकहरको ध्यानाकर्षण गर्न विद्यालयमा तालाबन्दी गर्नु परेको विद्यार्थीको भनाइ छ ।
छात्र पुरीचन्द्र गौतमले भने,’विदालयमा शिक्षकनै आउदैनन् पाठ्यक्रमको आधापनि कोर्ष पढाइ भएको छैन, कसरी परिक्षा दिने, यसले गर्दा अन्य विद्यार्थीभन्दा एस.एल.सी. दिने विद्यार्थी धेरै मारमा परेका छन् ।’ दशै यता विद्यालयमा तिन बिषयभन्दा बढि कुनैपनि दिन पढाइ संचालन नभएको बताउदै कक्षा १० मा अध्ययनरत ७५ जना विद्यार्थीहरु ठुलो समस्यामा परेको उgले बताए ।
त्यस्तै, कक्षा ९ मा अध्ययनरत छात्रा सरीता पाण्डेले पटक पटक विद्यालयमा हाजिर हुने एक÷दुइ जना शिक्षकको ध्यानाकर्षण गराउदाँ अन्य शिक्षहरु उपस्थीत नभएपछि पढाइ संचालनकै लागि विद्यालयमा तालाबन्दी गर्नुका साथै निबेदन सहित विद्यालय प्रशासनलाइ ध्यानाकर्षण पत्र पेश गरेको बताइन ।
विद्यालयकै अर्का कक्षा १० मा अध्ययनरत छात्र पदराज पाण्डेले तत्काल आइतबारबाट विद्यालयमा नियमित पढाइ संचालन नभए तालाबन्दी कायम राख्ने र अन्य सरोकारवाला निकायमा ध्यानाकर्षणका लागि जाने जानकारी दिए । यता विद्यालय प्रशासनले परीक्षा अवधिसम्म कोर्ष पुराहुने गरी तत्काल सबै बिषयको पढाइ संचालन गर्ने जनाएको छ ।