☰ open Loading... 25 November 2024|  

८ जनामा डेंगु भएकाे पुष्टी
  | ७ मंसिर २०७३, मंगलवार १६:३६

दाङमा एक १० वर्षीया बालिकामा डेंगु राेग भएकाे पुष्टी भएकाे छ । जिल्ला जनस्वास्थ्य कार्यालय दाङका अनुसार बेला ८ का ३२ बर्षीय रामबहादुर र तुलसीपुरका १० बर्षीय सीमा (दुवै जनाकाे नाम परिवर्बतन) लाई डेँगुकाे संक्रमण देखिएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय दाङका डेँगु तथा मलेरिया फोकल पर्सन कमल चन्दका अनुसार अहिले रामबहादुरको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भईरहेको छ भने सीमा उपचार पछि घर फर्किएका छन् । जाडो बढ्दै गएकाले अब डेँगु रोगी निश्कृष हुदै जाने भए पनि सचेत भने रहनुपर्ने फोकल पर्सन चन्दले बताए ।

यो संगै दाङ्मा संक्रमितको संख्या ८ पुगेको छ । एडिज जातको लामखुट्टेको टोकाईबाट उक्त रोग सर्ने गर्छ । उक्त लामखुट्टे लामो समयदेखी जम्मा भएको पानीमा लार्भा पार्ने गर्छ, त्यस्लाई नष्ट गर्न चन्दले सबैलाई आग्रह गरेका छन् ।