☰ open Loading... 20 April 2024|  

शिक्षा क्षेत्रलाइ सीपमुलक बनाउनमा जुटाैं : उपसचिव पाेखरेल
  | ७ मंसिर २०७३, मंगलवार १६:४३

शिक्षा मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी सरस्वती पोखरेलले अक्षर गनेर ८० प्रतिशत नम्वर ल्याएर उत्तिर्ण हुनु भन्दा सबै सीप सिकेर, नघोकेर, जानेर र बुझेर ५० प्रतिशत नम्वर ल्याउनु उत्तम रहेको महसुस भएको बताएकी छन् ।

pokharel
शिक्षा मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी सरस्वती पोखरेल ।

जिल्ला शिक्षा कार्यालय सुर्खेतमा मंगलबार आयोजित पत्रकार भटघाट कायृक्रममा सम्वोधन गर्दै उनले सो कुरा बताएकी हुन । उपसचिव पोखरेलले आफ्नो अध्ययनकालमा डोको, नांग्लो, घाँस दाउरा प्रमूख कार्य रहेको र त्यो वेला विद्यालय भनेको अक्षर गन्ने थलोको रुपमा मात्रै रहेको स्मरण गर्दै उनले भनिन ‘आफ्नै सन्तानलाई नेपालमै बसेर काम गरि खान सक्ने बनाउन सकिएन । बरु सन्तानलाई डिग्री गराएर विदेशी होटेलमा भाँडा माझ्ने बनाउन सकियो । साह्रै पश्चाताप लागेको छ ।’

उनले छोरा छोरीलाई वोर्डिगंमा पढाउने, घरको काम, बारीको काम गर्नै नदिने, मात्र पढ भन्ने अभिभावकहरुका बानीका कारण पनि आजकाल पढेलेखेका यूवायुवतिहरु विदेश जान खोजेको भन्दै अब उपरान्त देशमा भिज्न सक्ने, देशमै काम गरेर बाँच्न सक्ने खालको युवा शक्ति निर्माण गर्न लाग्नुपर्ने अवस्थाको सिर्जना भएको बताइन ।

उपसचिव पोखरेल यो सम्बन्धमा सबै अभिभावक, सरोकारवालाको समयमै ध्यान जानुपर्ने बताउँछिन । उनका अनुसार अब शिक्षा क्षेत्रलाइ सीपमूलक बनाउन आफूहरु लागि परेको भन्दै सबैलाई सार्वजनिक शिक्षण संस्थाको गुणस्तर सुधार्न र दक्ष तथा आत्मनिर्भर युवा उत्पादनका लागि सुझाव र सल्लाह दिन आग्रह गरिन ।