☰ open Loading... 7 September 2024|  

भुरिगाउँ-मूर्तिया सडक निर्माण सुरु हुने
  | ९ मंसिर २०७३, बिहीबार ०९:२६

बर्दियाको भुरिगाउँदेखि गुलरिया हुँदै मूर्तियासम्मको हुलाकी सडक निर्माण कार्य सुरु हुने भएको छ । सडक निर्माणका लागि दुईवटा ठेकेदार कम्पनीले जिम्मा पाएपछि सडक निर्माणको काम सुरु हुने भएको हो ।

bardiya-rode

सडक निर्माणका लागि आह्वान गरिएको टेन्डरमा भुरिगाउँ—गुलरिया हुलाकी सडकका लागि दुवै तर्फबाट सडक निर्माण कार्य सुरु हुने गरी उक्त कम्पनीले निर्माणको जिम्मा पाएका हुन् । लामो समयदेखि सडक निर्माण कार्य अवरुद्ध भएपछि यस क्षेत्रका बासिन्दा समस्यामा परेका थिए ।

गुलरिया–भुरिगाउँ हुलाकी सडकको टेन्डर प्रक्रिया सम्पन्न भइसकेकाले छिट्टै काम सुरु हुने हुलाकी सडक आयोजना प्रमुख तुरन्तप्रसाद मण्डलले बताए ।

मण्डलका अनुसार भुरिगाउँदेखि १८ किलोमिटरसम्मको सडक निर्माणका लागि भीमबहादुर साउदको एमके कन्सट्रक्सनले ठेक्का पाएको छ भने बाँकी गुलरिया हुँदै मूर्तियासम्मको १८ किलोमिटरका लागि हरिनारायण रौनियारको पप्पु कन्सट्रक्सनले ठेक्का पाएको छ ।

बर्दियाको भुरिगाउँ—गुलरिया हुँदै मूर्तियासम्मको साढे ३५ किलोमिटर सडकको लागत रु. एक अर्ब १० करोड रहेको हुलाकी सडक आयोजनाले जनाएको छ । अबको दुई महिनापछि सडक निर्माणको काम सुरु हुने हुलाकी सडक आयोजनाले जनाएको छ ।