☰ open Loading... 7 September 2024|  

वृद्धि भएको भत्ता बुझेपछि जेष्ठ नागरिक खुसी
  | ११ मंसिर २०७३, शनिबार १८:०७

तत्कालीन केपि ओली नेतृत्वको सरकारले सामाजिक सुरक्षा भत्तामा दोब्बरले गरेको वृद्वि ज्येष्ठ नागरिकका हातमा परेपछि खुशी देखिएका छन । सुर्खेतको पश्चिमी गाविस सालकोट (पञ्चपुरी नगरपालिका प्रस्तावित) का सयौं नागरिकको ओठमा मुस्कान देखिएकोे हो ।

सालकोट गाविस वार्ड नं. ५ का अपांग मान बहादुर कामीले आफूले सरकारबाट पाएको रकम गाविस सचिवले घरमै आएर दिएको भन्दै खुशी व्यक्त गरे । उनले बुढा–बुढीलाई १ हजार रुपैयाले नपुग्ने, आफू छोरीको घरमा आएर बसेको भन्दे सरकारले भत्ता अझ बढाउनुपर्ने बताए ।

vattaa
सालकोट गाविस वार्ड नं. ८ लामिदमार बस्ने एकल महिला गौरा माझीले ४ हजार बुझदै गर्दा असाध्यै उत्साहित भएको प्रतिक्रिया दिइन् । पहिले १ सय रुपैंयाबाट सुरु गरिएको समाजिक सुरक्षा भत्ता अहिले आएर १ हजार पुग्दा आफूलाई मन लागेको ठाँउमा खर्च गर्ने, चाहेको कुरा किनेर खान पाइने भएको भन्दै समयमै सुरक्षा भत्ता गाँउमा ल्याएर वितरण गर्ने गाविस सचिव लगायतलाई धन्यवाद दिइन ।

ज्येष्ठ नागरिक सञ्जाल सालकोटका सचिव खडक ब. वि.सी. भने इमान्दार गाविस सचिवका कारण आफूहरुले समयमै राज्यले प्रदान गरेको सेवा सुविधा तथा लाभ लिन सफल भएको जानकारी दिए ।

उनले ज्येष्ठ नागरिक सञ्जालले गाविसको ९ वडामा नै सामाजिक सुरक्षा भत्ताका सेवाग्राहीको रेकर्ड बनाएर गाविस सचिवलाई दिने र गाविस सचिव तिलक अधिकारीले वितरण गर्ने, छनौट गर्ने लगायतका सबै जिम्मा आफूहरुलाई दिएकाले पनि ज्येष्ठ नागरिकको मुहारमा खुशी देख्न सकिएको जानकारी दिए ।

उनले भने ‘हामीले सरकारी सेवा सुविधाबाट कोही पनि नछुटुन र नदोहोरिउन भनेर नै प्रत्येक वडामा समिति बनाएका छौं, यसले समाजमा ज्येष्ठ नागरिकलाई एक हुन मद्दत पुगेको छ भने सबैले समयमै सेवा पाएका छन् ।’ सोही गाविस वडा नं. १ कि जमूना विकको सरकारले बढाएर दिएको भत्ताले कतिपय ज्येष्ठ नागरिकलाई घरपरिवारसँग सहजै बस्न सक्ने वातावरण बनाउन सहयोग पुगेको ठम्याइ छ ।

गाउँमा वृद्व अवस्थामा रहेका ज्येष्ठ नागरिकले घरको काम गर्न नसक्ने भएको अवस्थामा सरकारले प्रदान गरेको २ हजार भत्ताले कम्तिमा एक गास खान र लाउन पुग्छ । उनि भन्छिन ‘नाति नातिनाहरुलाई चकलेट दिन अरुसँग पैसा माग्नै पर्दैन ।’

आगामी दिनमा सरकारले भत्तालाई बढाएर कम्तिमा पनि खान र लाउन पुग्ने गराइदिनुपर्ने माग गरिन । उनले तत्कालीन सरकारलाई धन्यवाद सकेत दिन भुलिन्न ।

सरकारले वार्षिक रुपमा अरवौं रुपैया सामाजिक सुरक्षा भत्ता भनेर दिदै आएको छ । उक्त सुरक्षा भत्ता अनुसार सुर्खेतको सालकोट गाविसमा मात्रै ३५ लाख ९५ हजार २ सय रकम वितरण हुन्छ ।

कतिले पाए भत्ता ?
११ हजार ८ सय जनसंख्या रहेको सालकोट गाविसका सचिव तिलक अधिकारीका अनुसार यो वर्षको पहिलो चौमासिकमा ज्येष्ठ नागरिक (अन्य) १२५ जना (१ हजार मासिक भत्ता र १ हजार उपचार खर्च) वितरण गरिएको छ ।

ज्येष्ठ नागरिक दलित तर्फ १३८ जनाले भत्ता पाए भने यसमध्ये ९९ जनाले मासिक १ हजार तथा बाँकी ४३ जनाले मासिक १ हजार भत्ता सहित १ हजार उपचार खर्च समेत थप पाए । त्यस्तै असहाय विधवा २०७ जना, एकल महिला ५० जना, अति अशक्त अपांग ६ जना, आंशि अपांग ८ जना र दलित बालबालिका ३०० जनाले उक्त सामाजिक भत्ता प्राप्त गरेका हुन ।

पैसाको कारोबार जोखिमपूर्ण– अधिकारी
सालकोट गाविसका सचिव तिलक अधिकारीले करिब आधा करोड रुपैया साथमा बोकेर हिडनुपर्ने हुदाँ आफूहरुको ज्यान समेत जोखिमपूर्ण अवस्थामा रहेको गुनासो गरेका छन । उनले आफू सालकोट गाविसकै स्थानीय वासी भएको, घर नजिकै प्रहरी चौकी रहेको र गाविस भवन समेत जोडिएको भएता पनि पैसा आफूसँग भएको बेला डर लागिरहने बताए ।

दिनको १२ लाख वितरण गर्ने गरेका उनले जुम्ला घर भएका गाविस सचिवले घाटगाँउमा गएर लाखौं रकम वितरण गर्नु कम जोखिमपूर्ण नभएको जिकिर गर्दै यो सम्वन्धमा सरकारले समयमै सोच्नुपर्ने माग गरे । सामाजिक सुरक्षा भत्तालाई बैंक मार्फत नै वितरण गर्नुपर्ने नभए गाँउ गाँउमा खुलेका सहकारी मार्फत पनि वितरण गर्न सकिने उनको भनाई छ ।

गाविस सचिव अधिकारीले गाविस सचिव वा अन्य गाविसका पदाधिकारीहरुले सामाजिक सुरक्षा भत्ता वितरण गरे नगरेको बारे अनुगमन गर्न समेत माग गरे । ‘प्रभावकारी अनुगमन हुन नसक्दा कतिपय स्थानमा पारदर्शी रुपमा वितरण नगरिएको खबर आउने गरेको छ ।’ उनले थपे ‘सरकारले सबै ठाँउमा समय समयमा अनुगमन गर्ने नीति अवलम्बन गर्नुपर्छ । अनि मात्र सहि व्यक्तिले सरकारले दिएको राहत उपभोग गर्न सक्छ ।’

उनले आफूहरुले सामाजिक सुरक्षा भत्ता विशेष सम्मानका साथ त्रिपाल टाँगेरै वितरण गरिरहे्को र भत्ता वितरण प्रक्रियाबाट स्थानीयहरु असाध्यै खुशी भएको आफूले पाएको जानकारी दिए । यसका साथै उनले आफूहरु सम्वन्धीत वडामै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको जानकारी दिए ।

सचिवलाई सहयोग गछौं –अध्यक्ष रास्कोटी
सरकारले दिएको सामाजिक सुरक्षा भत्ता वितरण तथा व्यवस्थापनमा गाविस सचिव एक्लैले गर्न नसक्ने देखेपछि ज्येष्ठ नागरिक सञ्जालले नामावली मिलाउने देखि भत्ता वितरणमा सघाउ पु¥याउने सम्मका कार्यहरु गर्दै आएको अध्यक्ष दिल बहादुर रास्कोटीले जानकारी दिए । उनको अध्यक्षतामा गठित ११ सदस्यिय समितिले नै सो कार्य गर्दै आएको बताए ।

एमाले जिल्ला कमिटि सुर्खेतका सदस्य समेत रहेका ७५ वर्षीय रास्कोटीले कोही नछुटुन भन्ने धारणाका साथ आफूहरुले यो कार्यमा सघाउ पु¥याइरहेको जानकारी दिए ।

स्राेत सिद्धदर्शन दैनिक