☰ open Loading... 16 September 2024|  

घुम्ती शिविरमा १६६ जनालाई नागरिकता वितरण
  | ११ मंसिर २०७३, शनिबार १८:३८

पूर्वी सुर्खेतको भेरीगंगा नगरपारपालिकाको मैनतडामा शनिबार गरिएको घुम्ती शिविरमा १६६ जनालाई नागरिकता वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले सञ्चालन गरेको घुम्ती शिविर विभिन्न सेवाहरु उपलव्ध गराइएको थियो ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलका अनुसार १८२ जनाको मतदाता नामावली दर्ता, १७४ कृषकका २ हजार ९४० पशुचौपायलाई औषधी उपचार समेत गरिएको छ । यस्तै, ९४ जनाको स्वास्थ्य परिक्षण गरिएको छ भने, ८ जनाले अपांगता परिचय पत्र पनि लिएको अधिृकत पौडेलले बताए ।

शिविरमा ४२ जनाले जेष्ठ नागरिक परिचय पत्र र २४५ जनालाई कृषि विउ वितरण पनि गरिएको थियो ।