☰ open Loading... 19 September 2024|  

पार्टीलाई लैङ्गिकमैत्री बनाउने नेताहरुको प्रतिबद्धता
  | १२ मंसिर २०७३, आईतवार ०७:०२

जिल्लाका सबै राजनीतिक दलहरुले आफ्नो पार्टीलाई लैङ्गिकमैत्री बनाउने प्रतिबद्धता जनाएका छन् । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानप्रति एक्यबद्धता जनाउदै एमाले निकट महिला संगठन अखिल नेपाल महिला संघ जिल्ला समिति रोल्पाले लिबाङमा आयोजना गरेको  राजनीतिमा महिला  सहभागिताः चुनौति र  सम्भाबना बिषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा सहभागि नेताहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

rolpa-pic

कार्यक्रममा बोल्दै नेकपा एमाले रोल्पाका अध्यक्ष हरिप्रसाद घर्तीमगरले राजनीतिमा महिलाहरुलाई टिकाईराख्नका लागि सबै दलहरुले महिलालाई सबै स्थानमा अर्थपूर्ण रुपमा सहभागि बनाउनुपर्ने बताए ।

नेकपा माओवादी केन्द्र रोल्पाका अध्यक्ष सुरेन्द्र थापा घर्तीले सबै पार्टीले महिलाहरुलाई सम्मानजनक स्थान दिन सक्नुपर्ने धारणा राखेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका प्रतिनिधि किशोर आर्चायले दलले महिलालाई स्थान दिएपनि महिला स्वयले नै राजनीतिमा कम चासो राख्ने गरेकाले खुलेर आउन महिलाहरुलाई आग्रह गरे ।

यसैगरी नेकपा क्रान्तिकारी माओवादी रोल्पाका ईन्चार्ज कुमार शाहले राजनीतिमा निरन्तरता दिन सके महिलाहरुको सम्भावना र भविष्य रहेकाले त्यसमा लागिपर्न अनुरोध गर्दै आफ्नो पार्टीलाई समावेशी बनाउने प्रतिवद्धता जनाए ।

अनेमसंघ रोल्पाकी अध्यक्ष ईश्वरी घर्तीको अध्यक्षता र एमाले रोल्पाका अध्यक्ष हरिप्रसाद घर्तीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल महिला सघ रोल्पाकी अध्यक्ष पुष्पा श्रेष्ठ, महिला अधिकारकर्मि तिर्था आचार्य, नेपाल पत्रकार महासघ रोल्पाका अध्यक्ष महेश न्यौपाने, रोल्पा उद्योग बाणिज्य संघका उपाध्यक्ष विश्व कुमार चन्द, गैसस महासघ रोल्पाका  सहसचिब अर्जुन  डाँगी लगायतले मन्तव्य राखेका थिए ।