☰ open Loading... 24 February 2025|  

स्याउ विकास कार्यक्रममा भ्रष्टाचार गर्नेविरुद्ध मुद्दा
  | १२ मंसिर २०७३, आईतवार १८:३१

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालीकोट जिल्लामा सञ्चालित स्याउ खेती कार्यक्रमअन्तर्गत ‘सिड किट्स्’ वितरण समेतमा अनियमितता भएको भनी कृषि विकास कार्यालयका तत्कालीन प्रमुख योगप्रसाद खरेलसहित चारजनाले भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता गणेशराज कार्कीकाअनुसार तत्कालीन कार्यालय प्रमुख खरेल, बाली संरक्षण अधिकृत प्रकाश पाण्डे, नायब प्रशासन सहायक दिनेश खत्री, र सहलेखापाल टोपेन्द्रध्वज हमालले स्याउ खेती कार्यक्रममा भ्रष्टाचार गरेको पाइएकाले मुद्दा दायर गरिएको हो ।

आयोगकाअनुसार खरेलले रु आठ लाख ७७ हजार, बाली संरक्षण अधिकृत पाण्डेले रु एक लाख २७ हजार, खत्रीले रु दुई लाख ५० हजार, लेखापाल हमालले रु आठ लाख ७७ हजार रकम बराबरको भ्रष्टाचार गरेको पाइएको छ । उनीहरुले नक्कली बिल, भरपाइ बनाइ भ्रष्टाचार गरेको पाइएको आयोगले जनाएको छ ।