☰ open Loading... 24 December 2024|  

चिसोले राउटेको जनजीवन कष्टकर
  | १३ मंसिर २०७३, सोमबार १५:४७

जंगलमा फिरन्ते जीवन बिताउने अति संकटासन्न अवस्थामा पुगेको जाति हो राउटे । यो जाति घुम्दै फिर्दै यतिबेला अछाम जिल्लाको नाडा गाविस अन्तर्गत पर्ने कोल्लीमोरास्थित कर्णाली किनारमा पुगेको छ ।

raute1

२१ औं शताब्दीको यो युगसम्म पनि राउटेहरु आफ्नै परम्परागत जीवनशैलीमा बाँचिरहेका छन् । आधुनिक जीवनशैलीदेखि टाढा रहने राउटेहरु आधा शरिर ढाक्ने हुँदा चिसोले उनीहरुको जनजीवन प्रभावित हुन पुगेको छ ।

raute2

शरीर न्यानो राख्न राउटेहरु आगोको मुस्लो ताप्ने, हुक्का तान्ने, अत्यधिक जाँड रक्सी पिउने गर्दछन् । केही जाडोले बिरामी पनि परेका छन् । यद्यपी, उपचार गर्नु हुँदैन् भन्ने मान्यताका कारण स्वास्थ्य संस्थासम्म राउटेहरु पुग्दैनन् ।

raute3

त्यसैले विभिन्न रोगका कारण साउनयता ४ राउटेको मृत्यु भइसकेको छ ।

raute4

महामुखिया महिनबहादुर शाहीका अनुसार दुई बालकमा कुपोषण, एक महिला रोगले थलिएर तथा अर्का एकको भीरबाट लडेर मृत्यु भएको हो ।

raute5

चिसोले राउटेहरु बिरामी पर्न थालेपछि पेशागत महासंघ नेपाल केन्द्रीय समितिले बस्तीमै पुगेर न्यानो कपडा वितरण गर्‍यो । महासंघका अध्यक्ष विश्वनाथ प्याकुरेलका अनुसार चिसोले कष्टकर जीवन बिताउन बाध्य राउटेलाई राहतस्वरुप कम्बल, कोट, टोपी, गादो, पछ्यौरा वितरण गरिएको छ। राउटे उत्थान प्रतिष्ठानका अनुसार यो जातिको संख्या हाल १ सय ४९ को संख्यामा झरेको छ ।

raute6

स्राेत ः इकान्तिपुर दैनिक