☰ open Loading... 15 October 2024|  

शिविरमा सय बढीकाे अाँखा जाँच
  | १४ मंसिर २०७३, मंगलवार ०८:४९

सदरमुकाम गमगढीमा शुरु भएको निःशुल्क आँखाजाँच तथा मोतियाबिन्दु सम्बन्धि शल्यक्रिया शिविरमा ४ सय ४ जना आखाँका समस्या भएका बिरामीहरुले जाचँ गराएका छन् ।

mugu-eye-sibir

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा मुगु र नेत्रज्योति सघं मुगुको आयोजनामा तथा हिमाली आखाँ अस्पताल पोखराको सहयोगमा आखाँ जाँच तथा मोतियाबिन्दु शिवीर सुरु भएको हो ।

शिविरको पहिलो दिन ४ सय ७ जना आखाँका बिरामीहरुले आखाँको चेकजाचँ गराएका हुन् । शिविरको पहिलो दिनमा मुगु सहित जुम्ला, हुम्ला र बाजुरा जिल्लाका बिरामीहरुको सहभागिता थियाे ।

आखाँको जाचँ गराएका ४ सय ७ जना बिरामी मध्येका २१ जना बिरामीहरुको आखाँको शल्यक्रिया गरिएकाे  नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा मुगुले जनाएको छ ।

आर्थिक अबस्था कमजोर भएका स्थानीय नागरिकलाई जिल्लामै शिविर हुदाँ ठुलो राहात भएको रुगा गा.बि.स.का कर्णबिर बुढाले बताए । शिविरमा अाँखाका बिरामीहरुको सहभागिता बढ्दै गएको छ । शिविर आगामी यही मंसिर १६ गते सम्म सञ्चालन हुनेछ ।