सानैदेखि गीत–संगीत भनेपछि हुरुक्कै हुने हिमालले अन्ततः हिन्दी गीत गाएर सांगीतिक संसारमा उदाएका छन् । उनले गाएको हिन्दी गीतको बोल छ ‘नक्लीवाला प्यार…. ।
सात वर्ष अघि कम्युटर ईंजिनियर बन्ने सपना बोकेर मुम्बई छिरेका हिमाल शाही गायक बनेर उदाएका हुन । बावियाचौर–६, सुर्खेतमा जन्मिएका हिमाललाई सानैदेखि गीत संगीतले मोहित पाथ्र्यो ।
जतिवेला स्वरसम्राट नारायण गोपालको नाम पनि सुनेका थिएनन त्यतिबेलादेखि नै स्वरसम्राटका गीतहरु गाएर स्कुल, कलेज र गाउँघरका सांगीतिक कार्यक्रमहरुमा सबैको वावाही पाउँथे हिमालले ।
म्युजिक भिडियाे हेर्नुस् ।
त्यसैले कम्युटर ईन्जिनियर बनाउने वावा आमाको चाहना विपरित उनी गायक बनेर उदाए । अनवरत गीतसंगीतमा साधना गर्दै आएका हिमालको संगीत सिकाउने गुरु भने छैनन् । स्वअध्यायन बाटै उनि गायक र संगीतकार बनेका हुन् ।
अझ रसिक लाग्दो कुरा त के छ भने गीतका शब्दहरुपनि आँपैm लेख्छन–हिमालले । ‘नक्लीवाला प्यार…’ लाई उनले नेपाली फ्लेवर दिएका छन् । त्यसकारण पनि नेपाली श्रोता र दर्शकहरुकालागि श्रवणीय बनेको छ यो गीत ।
हिमालको यूट्युव च्यानल Psykid himo गएर ‘नक्लीवाला प्यार….’ को म्युजिक भिडियो हेर्न सकिन्छ । त्यसो त सोही च्यानलमा हिमालको अर्को एउटा हिन्दी गीतको म्यूजिक भिडियो पनि छिट्टै नै अपलोड हुँदैछ । जसको सुटिङ भर्खरै सकिएको छ ।
शव्द नेपालभारत डटकम