☰ open Loading... 23 December 2024|  

२२ दिनमा २७ मुद्दा फछ्र्यौट
  | २२ मंसिर २०७३, बुधबार १७:२४

salyan-court-officeजिल्ला अदालत सल्यानले २२ दिनमा २७ वटा मुद्दा फछ्र्यौट गरेकाे छ । मंसिर १ गते देखी बुधबारसम्म २७ वटा मुद्दा फछ्र्यौट गरेकाे जिल्ला अदालत सल्यानले जानकारी दिएकाे छ ।

जिल्ला अदालत सल्यालने गरेकाे पत्रकार भेटघाट कार्यक्रममा जिल्ला न्यायधिस माधबेन्द्र राज रेग्मीले मंसिरको महिना भरी २३ वटा मुद्दा फछ्र्यौट गर्ने लक्ष्य भएकोमा हाल सम्म २७ वटा मुद्दा फछ्र्यौट गरेकाे जानकारी दिए ।

“एक महिनामा २३ वटा मुद्दा फछ्र्यौट गर्ने लक्ष्य राखेका थियौँ ” उनले भने – “२२ दिनमा नै २७ वटा मुद्दा फछ्र्यौट गर्न सफल भएका छाैं, महिना सकिन अझै केही दिन बाँकी छ, सोचे भन्दा राम्रो उपलब्धी हाँसिल भएकाे छ ।”

उनका अनुसार मुद्दा फछ्र्यौट मध्ये सबै भन्दा बढी सम्बन्ध बिच्छेदका छन् । २७ वटामा ९ वटा सम्बन्ध बिच्छेदका मुद्दा फछ्र्यौट भएकाे उनले जानकारी दिए । जिल्ला अदालत सल्यानमा २०७२ सालमा फछ्र्यौट हुन बाँकी र २०७३ सालका गरी जम्मा १८२ वटा मुद्दा मध्ये ७९ मुद्दा फछ्र्यौट भएको र १ सय ३ वटा मुद्दा फछ्र्यौट हुन बाँकी रहेका छन् ।

जिल्ला अदालत सल्यानले आफ्नो कार्यालयबाट उपलब्ध हुने सेवा सुबिधालाई जनमुखी बनाएको छ । उसले एक घण्टे सेवा प्रबाह, कार्यालयमा सहजकर्ता ब्यक्तिका साथै न्यायीक सम्पादन कार्यक्रम पनि जिल्लाका बिभिन्न ठाँउहरुमा सञ्चालन गर्दै आएको अदालत स्राेतकाे भनाइ छ ।