☰ open Loading... 7 September 2024|  

सुर्खेतका विस्थापितले भुकम्प पीडितसरह राहत पाउने
  | २३ मंसिर २०७३, बिहीबार ०८:२५

करिव दुई वर्षदेखि त्रिपालमा बस्दै आएका सुर्खेतका बाढीपहिरो विस्थापितहरुको टुङ्गो लाग्ने भएको छ । शहरी विकास मन्त्रालयले अवको दुई महिना भित्र टुङ्गो लगाउने गरी प्रक्रिया अघि बढाएपछि सुर्खेत विस्थापितहरुको भुकम्प पीडित सरह अनुदान पाउने भएका हुन् ।

badhi-pidit-sukhet-4

तत्कालिन प्रधानमन्त्री सुशील कोईरालाको नेतृत्वको सरकारले भुकम्प पीडितसहर नीजि घर पुनर्निमाण अनुदान दिने निर्णयलाई कार्यान्वयन गर्नेगरी मन्त्रालय जुटेको छ । सुर्खेतसहित बाँके, बर्दिया, दाङ र सिन्धुपाल्चोक जिल्लाका बाढी पहिरो विस्थापितहरुले अव भुकम्प पीडित सरह राहत तथा अनुदान रकम पाउने छने ।

लामो सयमपछि शहरी विकास मन्त्रालयका मन्त्री अर्जुननरसिंह केसीले पीडितहरुको तत्काल पुनर्वास गर्न कार्यविधि तयार गर्न सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको पूर्व गृहमन्त्री तथा सुर्खेत क्षेत्र नम्बर १ का सासंद् पूर्णबहादुर खड्काले जानकारी दिए ।

शहरी मन्त्रालयका सहसचिव शीवहरी शर्माको संयोजकमा बनेको समितिले केही महिना भित्रै बाढीपहिरो पीडित परिवारलाई अनुदान उपलव्ध गराउन वितरण कार्यविधि तयार गर्नेछ । कार्यविधि बनेपछि कम्तिमा अवको २ महिनामा पाँचै जिल्लाका विस्थापितले त्रिपालबाट उन्मुक्ती पाउनेछन् ।comment

‘समिति कार्यविधि तयार गर्न काम थालेको छ । यो कार्यविधि शहरी विकास मन्त्री केशीले मन्त्रीपरिषद्को बैठकमा प्रस्तुत गर्नुहुनेछ’ खड्काले भने,–‘मन्त्रीपरिषद्ले अनुमोदन गरेपछि दुईमहिना भित्र विस्थापितहरुले राहत पाउनुहेछन ।’

लामो समयसम्म सुर्खेतका बाढीपहिरो विस्थापितहरुको पुनर्वास नभएपछि पछिल्लो समय सांसद् खड्काले त्रिपालमा विस्थापितलाई सकस भएका समाचार सञ्चार माध्यममा आएपछि पहल शुरु गरेका थिए ।

गत मंसिर ११ गते सांसद् खड्काले सुर्खेतका बाढीपहिरो विस्थापितको उचित टुङ्गो नलगाउँदासम्म विश्रान नलिने उद्घोष गरेका थिए ।

भुकम्प पीडित सरह राहत पाउने भएपछि बाढी पहिराे विस्थापित खुसी भएका छन् । खाेर्के खाेलाका विस्थापित हाल महिला प्रशिक्षण केन्द्रमा बस्दै अाएकी लक्ष्मी सुनारले भनिन्,-‘यतिका वर्षसम्म कसैले वास्था गरेर सांसद् खड्काले मृत्यु पर्खेका व्यक्तिकाे उद्भार गरेर गुन लगाउनु भयाे । अाज हामीलाइ भुकम्प पीडित सरह राहत दिन पहल गर्नु भयाे उहाँलाइ धन्यवाद ।’

०७१ साल साउन २८ र २९ आएको बाढीपहिरोले सुर्खेत सयौं नागरिक विस्थापित भएका थिए । सुर्खेतको महिला प्रशिक्षण केन्द्र, गिरीघाट खोला, छिन्छु, तरंगा लगायतका स्थानमा हाल एकसय बढी परिवार त्रिपालमा कष्ठकर जीवन विताउन बाध्य छन् ।