☰ open Loading... 26 April 2024|  

रहेनन् हास्य कलाकार आरपी भट्टराई
  | २४ मंसिर २०७३, शुक्रबार १३:३२

laja-lam-died-jpeg-2हास्य कलाकार रुद्रप्रसाद (आरपी) भट्टराईको ४१ वर्षको उमेरमा आज बिहान असमायिक निधन भएको छ ।

विराटनगरको पोखरियास्थित आफ्नी दिदीको घरमा गएराति खाना खाएर सुतेपछि शुक्रबार बिहान उनी ओछ्यानमा मृत अवस्थामा पाइएको पारिवारिक स्रोतले जनाएको छ ।

उनको निधन हृदयघातको कारणले भएको अनुमान गरिएको छ ।

मोरङको मधुमारास्थित जयनेपाल चोकमा घर भएका उनले नेपाल टेलिभिजनको चर्चित सिरियल ‘तीतो सत्य’ मा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

एक श्रीमती र दुई छोरा छन् । हाटखोलास्थित सिग्याहा घाटमा दाहसंस्कार गरिने उनका शुभेच्छुक हरि भट्टराईले जानकारी दिए ।