☰ open Loading... 21 December 2024|  

समिक्षा मृत्युप्रकरण : मानवअधिकार आयोगले थाल्यो छानविन
  | २४ मंसिर २०७३, शुक्रबार १४:२५

samikxya

राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जले छानविन शुरु गरेको छ । बिहीबारदेखी वीरेन्द्रनगरमा शुरू भएकाे कर्णाली एक्स्पो २०१६, अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन सत्रमा विद्यार्थी पठाउनु कारणसहित सुर्खेत होराइजन एकेडमीसंग स्पष्टीकरण मागिएको आयोगको क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख मुरारी खरेलले जानकारी दिए ।

आफन्तको प्रश्न ‘विज्ञप्तीले छोरी फिर्ता आँउछे ?’

पहिलो चरणमा २४ घण्टाभित्र विद्यालयका प्रिन्सीपललाई महोत्सवमा विद्यार्थी लैजानुको उदेश्य बारे जानकारी लिने खरेलको भनाई छ ।महोत्सवको र्यालीमा सोही विद्यालयमा अध्ययतरत छात्रा समीक्षा आचार्यको मृत्युभएपछि आयोगले चासो देखाएको हो ।

स्राेतका अनुसार प्रधानमन्त्री सरिक भएकाे कार्यक्रममा बालबालिकालाइ र्यालीमा सहभागी गराउनु गलत भएकाे भन्दै अालाेचना भएकाले राष्ट्रिय मानव अधिकार अायाेग काठमाडाैंले गृह मन्त्रालयसंग पनि वास्तविकता बुझेकाे बतायाे ।

नेपालका राजनीतिक दलहरूले विद्यालयलाइ शान्ति क्षेत्र घाेषणामा हस्ताक्षर गरेकाले बालबालिकालाइ घटाैं लाइनमा लगाएर महाेत्सव जस्ता कार्यमा सरिक गराउनु गलत भएकाे शिक्षाका क्षेत्रमा काम गर्ने संघ संस्थाकाे धारणा छ ।

बालबालिकाको दुरुपयोगप्रति सामाजिक सञ्जालमा चर्काे अाक्राेश

विद्यालय शान्ति क्षेत्र घोषणा गरेकाले कुनै पनि बालबालिकाहरुलाई मेला महोत्सवमा लैजान नमिल्ने बताएका खरेलले यसबारे आयोगले छानविन शुरु गरेकाले बाँकी अनुसन्धानको क्रममा खुल्ने जानकारी दिए । विद्यालयका प्रिन्सीपलले चित्त बुझ्दो जवाफ नदिएमा आयोगले थप अनुसन्धान गर्ने जनाएको छ ।

स्कुल पठाएकी समिक्षाको महोत्सव र्यालीमा सहभागी गराउँदा मृत्यु

शिक्षा कार्यालयले पनि माग्यो जवाफ
जिल्ला शिक्षा कार्यालय सुर्खेतले पनि लिखित रुपमा जवाफ मागेको छ । जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले पनि लिखित रुपमै विद्यालयसंग जवाफ मागेको जानकारी दिए । ‘आज (शुक्रबार) नै पत्र पठाउँदैछौं । लिखित रुपमा जवाफ विद्यालयले नदिएमा थप प्रक्रिया थाल्नेछौं’ शाहले भने ।