☰ open Loading... 16 September 2024|  

एक लाख रकम चोर्ने पक्राउ
  | २४ मंसिर २०७३, शुक्रबार १८:५८

सुर्खेत प्रहरीले रुयैयाँ चोरेर फरार एक जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगरको वडा नम्बर १८ मा रहेको असिम अटोपार्टस बजाज मोटरसाईकलको सोरुमबाट रुपैयाँ चोर्नेलाई पक्राउ गरेको हो ।

कोही नभएको मौका छोपी रुपयाँ चार्ने वीरेन्द्रनगर–५ बस्ने भिमबहादुर शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतको सूचना डेस्कले जानकारी दिएको छ ।

शाहीले असिम अटोपार्टसबाट रु. १ लाख रकम चोरेर फरार भएका थिए । प्रहरीले उनलाई चोरी मुद्दा दर्ता गरेर आवश्यक अनुसन्धान अगाडी बढाएको बताएको छ ।