| २४ मंसिर २०७३, शुक्रबार १९:३३

कर्णाली एक्स्पाे २०१६ : अन्तर्राष्ट्रय मेलाकाे उद्घाटन समाराेहमा निकालिएकाे र्यालीमा गएकाे बेला ज्यान गुमाइएकी छात्रा समीक्षा आचार्य घटनाबारे छानबिनको माग गर्दै अनेरास्ववियुले काठमाडाैंमा प्रदर्शन गरेको छ ।
अनेरास्ववियुले रत्नपार्कमा उनको मृत्युको घटनाको सत्यतथ्य छानबिन माग गर्दै प्रदर्शन गरेको हो । प्रदर्शनीपछि आयोजित कोणसभामा अनेरास्ववियुका अध्यक्ष नवीना लामाले विद्यालय बन्द गरेर विद्यार्थीलाई स्वागतमा लगाउनु गैरजिम्मेवार हो भन्दै घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरेकी छन् ।


अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौलाले मृतक विद्यार्थीका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने बताए । बिहीबार महाेत्सवकाे र्यालीमा सहभागी हुन गएकाे बेला होराइजन बोर्डिङ स्कुल सुर्खेत, कक्षा ९ की आचार्यको निधन भएको थियो ।
पढ्न छुटाउनु भयाे की ?
महोत्सव र्यालीमा मृत्यु भएकी समीक्षाको अन्त्यष्टी
समिक्षा मृत्युप्रकरण : मानवअधिकार आयोगले थाल्यो छानविन
आफन्तको प्रश्न ‘विज्ञप्तीले छोरी फिर्ता आँउछे ?’
बालबालिकाको दुरुपयोगप्रति सामाजिक सञ्जालमा चर्काे अाक्राेश
स्कुल पठाएकी समिक्षाको महोत्सव र्यालीमा सहभागी गराउँदा मृत्यु



