☰ open Loading... 18 May 2024|  

डाइभर्सन निर्माण गरेर यातायात सञ्चालन
  | २७ मंसिर २०७३, सोमबार ०९:५६

नवलपरासीमा आइतबार एकाबिहानै बौलाहा खोलाको पुलमा क्षति पुगेका कारण अवरुद्ध बनेको पूर्व पश्चिम राजमार्ग गएरातीदेखि सञ्चालनमा आएको छ ।

ना ६ ख ३०१७ नम्बरको ट्रकले पुलको पूर्वपट्टिको भागमा ठक्कर दिँदा बायाँपट्टिको भाग एक फिट तल लच्केकोले पुल माथिबाट सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो ।

यद्यपि अवरुद्ध बनेको पूर्व पश्चिम राजमार्गमा डाइभर्सन तयार गरी यातायात सञ्चालन गरिएको हो । सो पुल भाँचिदा पूर्व पश्चिम राजमार्गमा आइतबार दिनभर यातायात सञ्चालनमा अवरोध हुँदै आएको थियो ।