☰ open Loading... 20 April 2024|  

विकास बजेट आठ प्रतिशत मात्रै खर्च
  | ३० मंसिर २०७३, बिहीबार १४:५१

बैतडी । बैतडीमा प्रथम चौमासिकमा करिब आठ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ । जिल्लाको विकास बजेटको नामले समेत चिनिने पुँजीगत खर्च ७.९५ प्रतिशत मात्रै भएको कोष तथा लेखा नियन्त्रण कार्यालय, बैतडीले जनाएको छ ।

कार्यालयलाई चालु आवका लागि रु एक अरब १० करोड ८० लाख ७२ हजार अख्तियारी आएको र विभिन्न कार्यालयमार्फत प्रथम चौमासिकमा रु आठ करोड ८१ लाख २१ हजार मात्र खर्च भएको कोष नियन्त्रक दिलीप शाहीले जानकारी दिए ।

यस्तै, चालु खर्चका लागि रु दुई अर्ब ६७ करोड ९२ लाख २४ हजारको अख्तियारी आएको र रु ९५ करोड आठ लाख ७४ हजार खर्च भएको शाहीले जानकारी दिए ।

चालुतर्फ भने ३५.४९ प्रतिशत खर्च भएको बताइएको छ । पुँजीगत बजेटमा विकास बजेट र चालु खर्चमा कर्मचारीको तलब र केही अन्य कार्यक्रमको बजेट रहेको र पहिलो चौमासिकमा विकास बजेट अथवा पुँजीगत खर्च भने निकै कम भएको उनले बताए ।