☰ open Loading... 16 September 2024|  

तीन सातादेखी टेलिफोन सेवा अवरूद्भ
  | १ पुष २०७३, शुक्रबार १०:५२

जाजरकोट । जिल्लाका पूर्वी क्षेत्रका स्थानीयवासी तीन हप्तादेखि टेलिफोन सेवाबाट वञ्चित भएका छन् । रुकुमको घेत्मामा रहेको टावरमा खराबी आएपछि यहाँका बासिन्दा सञ्चारसेवाबाट वञ्चित भएका हुन् ।

जिल्लाका खगेनकोट, लहँ, डाडागाउँ, सक्ला, आठविसकोट, आठविसडाडागाउँ, खदी, गोतामकोटलगायत गाविसका बासिन्दा टेलिफोन सेवाबाट वञ्चित भएका छन् ।

टेलिफोन सेवासँगै यस क्षेत्रमा रहेका आइएमई सेन्टरको सेवा समेत प्रभावित भएको छ । नेपाल टेलिकम जाजरकोटले मर्मतका लागि प्राविधिक खटाएको जानकारी दिएको छ ।