बर्दिया । सामुहिक वलत्कार गरि फरार रहेका तीन आरोपी प्रहरीले पक्राउ गरि आज सार्वजनिक गरेका छ । मंसिर १७ गते विहान मर्निङवाकमा हिडेकी एक किशोरी माथि सामुहिक वलत्कारमा संलग्न फरार आरोपी पक्राउ गरी आज पत्रकार सम्मेलन मार्फत जिल्ला प्रहरी कार्यालय बर्दियाले सार्वजनिक गरेको छ ।
१९ बर्षिय पवित्रा सुनुवार(नाम परिवर्तन)लाई बलात्कार गरि फरार रहेका गुलरिया नपा ७ बस्ने १९ बर्षिय पारस कुमार गुप्ता, १७ बर्षिय अविशेष बैगार र २१ बर्षिय प्रदिप थापालाई प्रहरीले सार्वजनिक गरेको हो ।
पक्राउ परेका मध्य तत्काल दुई जनालाई पक्राउ गरे पनि एक प्रदिप थापालाई प्रहरीको टोलीले हिजो मात्र पक्राउ गरेका थियो । १३ दिन देखि परार रहेका थापालाई पक्राउ गर्न प्रहरीले निकै खोजतलास गरे पनि पक्राउ गर्न सकेको थिएन । थापा पक्राउ नपर्दा प्रहरीलाई टाउको दुखाई बनेको थियो ।
प्रहरीले खोजतलास कै क्रममा विभिन्न स्थानहरुमा छापा मार्दा पनि प्रहरीले पक्राउ गर्न असफल भएको थियो । तर प्रहरीले थापाले प्रयोग गरेको फोनको कल डिटेलको आधारमा अन्त्यमा चितवनको चित्रवन नगरपालिका वडा नं २ सारदानगर स्थित आफन्तको घरमा लुकिछिपी बसेको अवस्थामा १३ दिन पछि पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक भरत वहादुर वोहरा बताए ।
पवित्राले ३ जनालाई नै नचिनेको अवस्थामा समेत प्रहरीले वलत्कार संलग्न रहेकाले पक्राउँ गर्न प्रहरी सफल भएको समेत वोहराले भने । यस आर्थिक बर्षमा मात्र बर्दिया जिल्लामा बलात्कारका १८ घटनाहरु भएको समेत प्रहरीको तथ्याङ्क रहेको छ ।