☰ open Loading... 16 November 2024|  

विना धितो साढे ३ लाख ऋण लगानी
  | १ पुष २०७३, शुक्रबार १८:१३

सुर्खेत । बौद्ध ग्रामिण सहकारी संस्थालाई उत्कृष्ट एवं नमुना सहकारी बनाउनका घुवित्त कार्यक्रम मार्फत सदस्यहरुलाई ऋण लागानी गरेकोे संस्थाका अध्यक्ष पञ्चसिंह रोकायले बताएका छन् । बौद्ध ग्रामिण बहुद्देश्यीय सहकारी संस्था लिमिटेड सुर्खेतले वीरेन्द्रनगरमा अायाेजना गरेकाे लघुवित्ततर्फका विषेश सदस्यहरुको समिक्षा गोष्ठीमा राेकायले यस्ताे बताएका हुन् ।

bahuddha

रोकायले संस्थाले लगानी गरेको ऋणलाई सदस्यहरुले सही ठाउमा लगानी गरि नाफा नोक्सान हिसावकिताव राखी राम्रो संग जीवनयापन गर्न सक्ने र आफ्ना सदस्यहरुले त्यो कार्य गरिरहेको दावी गरे ।

संस्थाका सचिव पासाग महतराले संस्थाले अहिले सम्म विना धितो साढे ३ लाख सम्म ऋण प्रदान गरिरहेको र यो कार्यलाई अझ बढी अगाढी बढाउन धेरै भन्दा धेरै विना धितो ऋण प्रवाह गर्ने योजना रहेको जानकारी दिए ।

तर संस्थाका बरिष्ठ प्रबन्धक विशाल के.सी.ले कुनैपनि संस्थाका सदस्य अनुशासित भई काम गरेमा वित्तिय अनुशानले सदस्य र संस्थाको प्रगती हुने बताए । संस्थाले कृषि उत्पादनमा बढी जोड दिँदै हाल संस्थाले आफ्नै भवनमा डेरी संचालन गरेको र डेरी संचालनका लागि संस्थाले कृषकमाहरुमा समेत लगानी गरेका जानकारी दिए ।

संस्थाका संचालक समितिकिा सदस्यसहित १७५ जना सहभागी रहेको गाेष्ठीकाे संचालन संस्थाका आन्तरिक लेखा परिक्षक राम सुवेदीले गरेका थिए ।