☰ open Loading... 23 December 2024|  

रामघाट र दशरथपुर जोड्ने पक्की पुलको शीलान्यास
  | २ पुष २०७३, शनिबार १५:४२

रामघाट (सुर्खेत) । भेरीगंगा नगरपालिकाको रामघाट र दशरथपुर जोड्ने पक्की पुलको शीलान्यास गरिएको छ । शनिवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक र पूर्व गृहमन्त्री तथा सुर्खेत क्षेत्र नम्बर एकका सांसद पूर्ण बहादुर खड्काले संयुक्त रूपमा पुलको शीलान्यास गरेका हुन ।

pul-silanyas

२५ करोड ३२ लाख ४१ हजार ७०७ रुपैयाँको कुल लागत मध्य २३ करोड ६२ लाख ६७ हजार ५९३ रुपैयाँमा पक्की पुल निर्माण कम्पनीसंग कबोल भएको छ ।

कुल १५४ मिटर लम्बाइ रहेको स्टिल ट्रष्ट पक्की पुल तीन वर्षमा निर्माण सम्पन्न हुनेछ सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुख भेलबहादुर भुजेलले जानकारी दिए ।

रामघाट र दशरथपुर स्थित भेरी नदीमा निर्माण हुन लागेको यो पक्की पुल २ स्पान हुनेछ भने पुलको चौडाई ७ दशमलव ५ मिटरको छ । नेपाल ईन्जिनियरिङ के ट्रष्टले पुलको डिजाइन गरेको हो ।

पुल निर्माण भएपछि सुर्खेतका पूर्वी क्षेत्रका दशरथपुर, गुमी, नेटा, लेखफर्सा, कल्यान, रजेना, खानीखोला, डाडाखाली, रानीवास, काफलकोट, घोरेटा, आग्रीगाउ, बजेडीचौर लगायतका नागरिकलाई सहज हुनेछ ।

बर्षौदेखी यस क्षेत्रका नागरिक पक्की पुल नहुँदा स्थानीय उत्पादनहरु वीरेन्द्रनगरको धुलियविट भएर बाहिर जिल्ला निर्यात गर्नुपर्ने बाध्यता रहेको थियो । निर्माणको ठेक्का आशीस जेभीले पाएको छ ।