☰ open Loading... 26 July 2024|  

गायिका ज्योतीले स्टेजमै कपडा खोलेपछि…(भिडियोसहित)
  | २ पुष २०७३, शनिबार १९:०५

सुर्खेत । गायिक ज्योति मगर बेला बखत चर्चामा आइ रहन्छिन् । कहिले भड्कीला गीत गाएको भरमा त कहिले भड्कीला कपडा लगाएकाले । तर शनिबार सुर्खेतमा भने गायिक ज्योतिले हजारौं दर्शकका अगाडी कपडा नै खोलेर उत्तेजित भइन् ।

joytee-1
महिनाको पहिलो शनिवार वीरेन्द्रनगरका पसलहरु बन्द हुने दिन । बजार सुनसान थियो तर वीरेन्द्रनगरको खुलामञ्च भने भरिएको थियो । गत मंसिर २३ गतेदेखी वीरेन्द्रनगरमा जारी कर्णाली एक्स्यो २०१६ ः अन्तर्राष्ट्रिय व्यापार मेलाको १० औं दिन गायिका ज्योतीले भने हंगामा मच्चाइन ।

joytee-3
विदाको दिन र महोत्सवको सांगीतिक कार्यक्रमको दशौं तथा अन्तिम दिन ५० हजार बढी दर्शक खुला मञ्चमा पुगेका थिए । गायिका ज्योतीले शुरुमा जकेट र मीनि स्कटमा गीत गाउँदा गाउँदै ज्याकेट नै खोलेर फाल्दा अधिकांश युवाहरुको हुटिङ्गले खुलामञ्च गुञ्जमान भयो । तर सांगीतिक कार्यक्रम हेर्न उपस्थीत महिलाहरुलाई भने जिब्रो टोक्न बाध्य ज्योतीले बनाईन् ।

हेर्नुस् गायिका ज्योती मगरका भिडियो ।

अधिकाँश महिलाले ‘कस्ती उत्तउली रै’छ मोरी’ पनि भने । तर ज्योतीलाई ठिटाहरुको गडगडाहट हुटिङ्गले हौसला जगायो । झन झन कडा रुपमा गीत गाउन थालिन ।

joytee-2

भिडलाई शान्त पार्न सुरक्षाकर्मी र प्रहरीलाई निकै सास्ती भयो । तर केही दर्शकले चप्पल, खाली पानीको बोत्तलहरु आकाशतिर फाले । ज्योतीले भने दमदार प्रस्तुती दिन छाडिनन् ।

सुर्खेत बुलबुले जाउँला, उहि मुलाको सिन्की उही मुलाको चाना लगायतका आधा दर्जन गीत गाएकी ज्योतीले अन्तत दर्शकलाई मज्जैले नचाइन र रमाइलो गरिन् ।  युवाहरुको जति हुटिङ्ग हुन्थ्यो त्यो भडा कडा रुपमा गायिका ज्योती स्टेजमै उर्फि उर्फि नाच्थिन ।

सरल रुपमा प्रस्तुत भए महानायक हमाल

महानायक राजेश हमाललाई माया गर्ने दर्शकहरुको कुनै कमी छैन् । सदावहार नायकका रुपमा परिचित भएर पनि होला नायक हमाल जहाँ पुग्छन् उत्तिकै दर्शकहरुको माया बटुल्छन् ।

  rajesh1

आफ्ना पुरा फिल्ममा प्रयोग भएका डाइलगहरु सुर्खेती दर्शकलाई सुनाएका नायकले पुरानै चर्चित गीतहरुमा छमछमी नाचे पनि ।

साथीको लागि यो हात सलाम, दुश्मनका लागि यो हात फलाम हो, फालम ! डाइलग समेत नायक हमालले दर्शकलाई सुनाए ।
शंकर मेरो नाम शंकर, राम नाम सत्य हो लगायतका फिल्मी डाइलग समेत नायक महालले दर्शकलाई सुनाएका थिए ।

गायिका कोमल ओली, प्रेमराज महत र सम्भुजित बास्कोटाले गाएको चर्चित गीत
बाजो खेतमा
छड्के सलाम छ मायालाई पहिलो भेटमा

rajesh2
मोडल अञ्जली अधिकारीसंग छमछमी हमालले नाचेर दर्शकलाई मनोरञ्जन समेत दिए । हमालले अभिनय गरेको नेपाली फिल्म अल्लारेको चर्चित गित रातो टिका निधारमा टलक्क टल्कियो बोलको गीत नाचेका थिए ।

राजेश हमालको नाच र डाइलगसहितको भिडियो हेर्नुस् ।