☰ open Loading... 22 June 2024|  

ट्रयाक्टर दुर्घटनामा सह-चालककाे मृत्यु
  | ३ पुष २०७३, आईतवार १२:०५

सल्यान । ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दाङ-सल्यान-रुकुम सडकखण्ड अन्तर्गत जिल्लाको धनवाङ १ अरिङगालेफेदीमा ट्रयाक्टर दुर्घटना हुँदा रुकुम मुसिकोट नगरपालिका-१ रातामाटा घर भएका सह-चालक दिपक परियारको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

गए राती नै ट्रयाक्टर दुर्घटना भएपनि अाइतबार बिहान मात्रै टयाक्टरले चेपिएर मृत्यु भएका अवस्थामा सहचालक परियारको शव निकालिएको प्रहरीले बतायाे ।

भे १ त ५२९२ नम्बरको ट्रयाक्टर सडकबाट करिब २५ मिटर तल खसेको छ । ट्रयाक्टर कता जान लागेकाे भन्ने केही खुलेकाे छैन् । ट्रयाक्टर चालकलाई ईलाका प्रहरी कार्यालय तुल्सीपुर दाङले नियन्त्रणमा लिएकाे छ ।