☰ open Loading... 15 January 2025|  

वृद्धवृद्धालाई पौस्टिक पदार्थको अभाव हुन नदिन च्याउखेती
  | ३ पुष २०७३, आईतवार १९:४४

वृद्धवृद्धालाई पौस्टिक पदार्थ उपलब्ध गराउन भिमदत्तनगरपालिका– ५ मा रहेको महिला तथा वृद्ध सेवा केन्द्रमा च्याउखेतीे सुरु गरिएको छ ।

वृद्धाआश्रममा रहेका वृद्धवृद्धा तथा हिंसापीडित महिलालाई च्याउखेतीबारे तालिम दिइ गरी जिल्ला कृषि विकास कार्यालयले उपलब्ध गराएको बीउ तथा प्राविधिक सहयोगमा वृद्धाआश्रमको खाली कोठामा च्याउखेती गरिएको हो ।

ती कोठामा गरिएको च्याउ खेतीबाट करिब पाँच क्वीन्टल च्याउ उत्पादन गर्न सकिने कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले बताए ।

च्याउमा हुने पौस्टिक तत्वले वृद्धवृद्धाका शरीरमा प्रोटिनको कमीलाई पूरा गर्ने र अन्य मासुजन्यपदार्थ भन्दा च्याउ सस्तो र सुलभ हुने भएकाले बढी भएका च्याउ बजारमा बिक्री गरीे अन्य आवश्यक सामग्री समेत खरिद गर्न सकिने अधिकृत जोशीले जानकारी दिए ।

विं.सं २०६२ देखि सञ्चालन हुँदै आएको वृद्धाआश्रममा हाल ६२ वृद्धवृद्धा तथा हिंसापीडित महिला बस्दै आएका छन् ।