☰ open Loading... 19 September 2024|  

सिमाकंन विवाद टुङ्गाएर निर्वाचन गर्दा उपयुक्त : भट्टराई (भिडियाेसहित)
  | ६ पुष २०७३, बुधबार ०९:१९

सुर्खेत । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले सिमाकंनमा देखिएको असन्तुष्टि नसुल्झाई निर्वाचन मिति घोषणा गर्नु गलत भएको टिप्पणी गरेका छन् । देशमा अझैपनि सिमाकंनप्रति असुन्तुष्टि रहेको बताएका भट्टराईले भने,–‘जति पनि विवाद छन् । सवै पक्षसंग व्यापक छलफल गरेर सुल्झाएर अघि बढे मात्रै देशको सर्वोहित हुन्छ ।’

baburam

प्रदेश नम्बर ६ का अगुवा कार्यकर्तालाई प्रशिक्षण दिन सुर्खेतको वीरेन्द्रनगर आइपुगेका भट्टराईले पश्चिमनेपाल डटकमको भेटमा भने,–‘सिमाकंन सम्वन्धि देखीएका असन्तुष्टिका स्वरहरु अहिले नै हल गरेर सत्ता पक्ष अगाडी बढ्दा राम्रो हुन्छ ।’

भिडियाे

https://www.youtube.com/watch?v=rpOW3C9DVb8

थारु, मधेशी, जनजातिहरुको मुख्य माग अझैपनि सम्बोधन नहुनु दुःखद् भएको भट्टराईले बताए । ‘उनीहरुको माग सिमाकंनसम्वन्धि हो जुन हेरफेर भएको छैन्’ संयोजक भट्टराईले थपे,–‘कैलाली–कञ्चनपुर, लुम्बिनी–राप्ती र सुनसरी मोरङको सिमाकंन विवाद नटुङ्गीदा देशमा विवाद रहिरहन्छ ।’

संविधान संशोधन प्रस्ताव प्रधानमन्त्रीले सल्लाह, सहकार्य र संवादविनै एकलौटी ल्याएकाले विवाद बढेको भट्टराईले टिप्पणी छ । ‘एकलौटी आउँदा नै प्रस्ताव फेलहुने संम्भावना बढेको छ’ उनले भने ‘यसको समधानको उपाय भनेकै सवैसंग सहकार्य गरेर प्रस्तावलाई परिमार्जन गरेर पास गर्नु राम्रो हुन्छ ।’

‘प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था हुनुपर्छ’
नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था नहुँदासम्म देशमा हुँदै आएको अस्थिरता नहट्ने भट्टराईले बताएका छन् । नयाँ शक्तीले पहिलेदेखी नै यो मुद्दा उठाएको उल्लेख गर्दै भट्टराईले काँग्रेसका केही नेता, एमाले र एमाओवादी केन्द्र यसको पक्षमा रहेको भट्टराईको भनाई छ । लोकतन्त्र भनेकै संसदीय प्रणाली बुझेकाले देशमा सोचजस्तो विकास नभएको उनको तर्क थियो । उपनिवेशको प्रभाव दक्षिण एशिया पर्दा दक्षिण एशियामा संसदीय प्रर्णाली आएको र त्यही प्रभाव काँग्रेसले अवलम्बन गर्दा प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था नेपालमा नभएको भट्टराईले उल्लेख गरे ।