☰ open Loading... 16 September 2024|  

बसको ठक्करबाट बयस्क पाटे बाघको मृत्यु
  | ७ पुष २०७३, बिहीबार १५:३९

तिब्र गतिको बसको ठक्करबाट बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको बयस्क बाघ मरेको छ । बर्दिया स्थित पुर्व पश्चिम राजमार्ग अन्र्तगत बर्दिया राष्ट्रिय निकुञ्ज भित्र पर्ने आम्बासा र चिसापानी बिचको कुँवाभार नजिक गएराती पश्चिमबाट तिब्र गतिमा आएको बसको ठक्करबाट पाटेबाघ मरेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापाले जानकारी दिए ।

पश्चिमबाट पुर्व तर्फ गईरहेको यात्रु बाहक ना ४ ख २८८७ नम्बरको बसले ठक्कर दिदा पाटे बाघको मृत्यु भएको थापाले बताए । विभिन्न समयमा पनि तिब्र गतिको सवारी साधनले ठक्कर दिएर मृग, चित्तल लगायतका बदेल लगाएतको मृत्यु हुने क्रम बढदो छ । गाडीको ठक्करबाट बाघ मरेको यो पहिलो पटक हो ।

baagh-maryo-1
निकुञ्ज भित्र पर्ने राजमार्गको सडकहरुमा टाइम कार्डको व्यवस्था गरे पनि सवारी चालकले तिब्र गतिमा सवारी साधन चलाउदा दुर्घटना बढि हुने गरेको समेत थापाले बताए । टाइम कार्डको प्रयोगले निकुञ्ज भित्रका सडक दुर्घटना कम हुन नसकेकोले अबका दिनमा टाइम कार्डको प्रयोग कडा रुपमा लागु गरिने समेत थापाले जानकारी दिए । गाडीको ठक्करबाट वन्यजन्तु मर्ने मुख्य चुनौतीको विषय बनेको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जमा अहिले क्यामरा ट्रयापिङ्ग प्रविधीबाट बाघको आहार प्रजाती र बाघको गणना चलिरहेको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा हाल ५० वटा वयस्क पाटे बाघ, ६ वटा अर्ध वयस्क र २९ वटा बाघका बच्चा गरि जम्मा ८५ वटा पाटे बाघ रहेको पछिल्लो तथ्याङ रहेको छ ।