☰ open Loading... 7 September 2024|  

दुर्लभ वन्यजन्तु सालक फेला, सरकारी निकाय तंथ्याङ्कविहीन
  | ७ पुष २०७३, बिहीबार १५:४६

संरक्षित वन्यजन्तु सालक बर्दियामा फेला परेको छ । ताराताल सानोश्री नगरपालिका ७ गंगावस्तीमा एक्कासी बाटोमा सालक देखिएपछि स्थानीयले जिल्ला वन कार्यालय बर्दियामा जानकारी गराएपछि वनको टोलिले सालकलाई सुरक्षित रुपमा उद्दार गरेको हो । उद्दार गरिएको सालकलाई बर्दिया राट्रिय निकुञ्जमा बुझाइने जिल्ला वन कार्यालय बर्दियाका प्रमुख बलिराम पंण्डितले बताए ।

ssssss
सरकारले बाघ, गैंडा, चितुवा, कस्तुरी, भालु र रातो हाब्रे संगै सालकलाई पनि अति संकटापन्न सुचिमा राखेको छ । वन तथा भूसंरक्षण मन्त्रालयको सालक सर्वेक्षणको टोलीले जिल्लाहरुमा गरेको पछिल्लो तंथ्याङ्क अनुसार नेपालमा हाल ४३ जिल्लामा सालक रहेको पाइन्छ । नेपालमा कालो सालक र तामे सालक मात्र पाइन्छ ।

सालकलाई संकटापन्न सुचिमा राखे पनि जिल्ला मात्र होइन नेपालमै सालकको संख्याको बारेमा यकिन तंथ्याङ्क नरहेको समेत पंण्डितले बताए ।

सालक विषेश गरि भारत, चीन, लगाएत एसियाली राष्ट्र र अफ्रिकाका उष्ण भूभागमा पाइन्छ । सालकको पेट, थुतुनो र खुट्टाका भित्रि भाग बाहेक शरिरको सम्पुर्ण भाग कडा खपटाले ढाकिएको हुन्छ ।

सालक पुच्छरको सहायताले रुखको हाँगामा झुण्डिने सक्छ । सालकले आफुलाई खतरा महसुस भएमा त्यसबाट बच्न जोगिन गुडुल्किएर भकुण्डो जस्तै डल्लो पर्छ । सालक दिउसो दुलोमा बस्ने र आहाराको लागी रातिमा मात्र क्रियासिल हुने गर्छ । सालकको आहार भनेको धमिरा र कमिला हुन । सालकको दात नहुने हुदा जिब्रोले मात्र आहार खाने गर्छ ।

सालकलाई किसानको साथी पनि भन्ने गरिन्छ । सालकले खेतीबाली र उत्पादनलाई हानी नोक्सानी गर्ने किराहरु खाएर नियन्त्रण गर्दछ । सालकले एक बर्षमा करिव सात करोड भन्दा बढि किरा फट्याङ्गा्र खाने विश्वास गरिन्छ ।

सालकले आफ्नो आहारा खोज्ने क्रममा माटो खोस्रेर गोडमेल र उर्वर बनाउने काम गर्दछ । सालक विश्व मै बढि चोरी सिकार हुने प्रजाती मध्यको एक हो । सालकको बिभिन्न अन्धविस्वासका कारण अवैध कारोवार समेत हुने गरेको छ । सालकको अवैधरुपमा शिकार,कारोवार गर्नैलाई ५ देखि १५ बर्ष सम्म कैदवा ५० हजार देखि १ लाख सम्म डण्ड सजाए हुने समेत पण्डितले वताए ।