☰ open Loading... 18 October 2024|  

कक्षा १० काे लागि ३० परीक्षा केन्द्र ताेकियाे
  | ७ पुष २०७३, बिहीबार १७:३५

सुर्खेत । अागामी चैत्रमा सञ्चालन हुने कक्षा १० को विद्यालय शिक्षा परीक्षाको केन्द्र निर्धारण गरिएकाे छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी एवम् कक्षा १० को विद्यालय शिक्षा परीक्षा समन्वय समितिका अध्यक्ष माहादेव पन्थको अध्यक्षतामा सम्पन्न विद्यालय शिक्षा परीक्षा समितिको बैठकले ३० वटा परीक्षा केन्द्र ताेकेका हाे ।

परीक्षा अागामी चैत्र ३ गतेदेखि सञ्चालन हुनेछ । विद्यालय शिक्षा परीक्षाका लागि परीक्षार्थीहरुको सुविधालाइ मध्यजनर राख्दै गतवर्षको भन्दा यस वर्षका परीक्षार्थी संख्या भने घटेका छन् । तर परीक्षा केन्द्र भने नघटाईएको जिल्ला शिक्षा कार्यालय सुर्खेतका जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले जानकारी दिए ।

गतवर्ष नियमिततर्फ ७ हजार २९६ र एक्जेम्टेडतर्फ ४ हजार ३१ गरी ११ हजार ३२७ ले एसएलसी परीक्षाका लागि आवेदन फारम भरेका थिए । तर याे वर्ष  विद्यालय शिक्षा परीक्षाका लागि नियमित तर्फ ७ हजार ३१४ र एक्जेम्टेडतर्फ २८८ र ग्रेड बृद्धि तर्फ १ हजार९०७ गरी ९ हजार ५०५ जना परीक्षार्थीहरुले आवेदन फाराम भरेकाे जिशिअ शाहकाे भनाइ छ ।

यस वर्ष सवैभन्दा बढी परीक्षार्थी हुने परीक्षा केन्द्र अमरज्योती माध्यमिक विद्यालय नेवारेमा रहेकाे छ । याे विद्यालयमा ४८२ जना परीक्षार्थी रहेका छन् भने सबैभन्दा कम परीक्षार्थी जगन्नाथ माध्यमिक विद्यालय विजौराबाट २१६ परीक्षार्थीहरु सहभागी हुँदै छन् ।

विद्यालय शिक्षा परीक्षाको रुपमा पहिलो पटक सञ्चालन हुन थालेको कक्षा १० को परीक्षामा सुर्खेत जिल्लाबाट सबैभन्दा बढी ३८१ जना परीक्षार्थी जन माध्यमिक विद्यालय वीरेन्द्रनगर र  सवैभन्दा कम  ४ जना परीक्षार्थी सोसियल एकेडेमी भैरवस्थान वीरेन्द्रनगरले समावेश गराउदैछन  ।